७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन

सांसदको एक स्वरः मिटरब्याज पीडितको समस्या समाधान गरौँ

सांसदको एक स्वरः मिटरब्याज पीडितको समस्या समाधान गरौँ
file
अ+ अ-

काठमाडौँ । जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले धेरै गरिब नेपाली मिटरब्याजीको चङ्गुलमा फसेको भन्दै तत्काल मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मिटरब्याज पीडितको न्यायका लागि सरकारको ध्यानार्कषण गराउनुभयो । उहाँले तत्काल समस्या समाधानका लागि कानुन निर्माण गर्न माग गर्नुभयो । उहाँले सिन्धुलीमा हात्तीको आक्रमणको जोखिम बढेको भन्दै विद्युतीय तारबार गर्न माग गर्नुभयो । उहाँले रासायनिक मलको सधैँको अभावलाई कम गर्न मल वितरणका लागि निजी क्षेत्रको सहयोग लिन सकिने बताउनुभयो ।

नेकपा (एमाले)को सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन् । वित्तीय साक्षरता नभएका कारण पनि धेरै नागरिक मिटरब्याजको समस्याबाट पीडित भएका छन् ।”

नेकपा (माअ‍ोवादी केन्द्र)का सांसद हितबहादुर तामाङले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “पूर्वी तराईबाट हिँडेर मिटरब्याज पीडित काठमाडौँ भित्र्याएको छन्, देशका हरेक भागमा मिटरब्याजको समस्या फैलिएको छ । अहिलेको व्यवस्था मन नपराउने व्यक्ति यो समस्यालाई भड्काउन सक्छन् सरकारले हिजो वार्ता टोली गठन गरेको छ, समस्याको अध्ययन गरेर समस्या समाधान गर्न सुझाव दिने विषय सकारात्मक छ, यो समस्यालाई सदाका निम्ति मुक्त गर्ने दिशातर्फ अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतमले हवाई यात्रालाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण बनाउनुभयो । उहाँले हवाई सेवालाई सुरक्षित बनाउन विभिन्न निकायले दिएका सुझावलाई किन कार्यान्वयन नगरिएको हो भनी प्रश्न गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् परियोजनाको काम तत्काल अगाडि बढाउन माग गर्नुभयो । “आयोजना निर्माण नहुँदा गोरखा र धादिङका जनताको आशामा तुसारापात मात्र भएको छैन, राष्ट्रको समृद्धिमा नै बाधा सिर्जना भएको छ”, उहाँले भन्नुभयो । नेपालले नै सो आयोजना बनाउने भनिए पनि आयोजना सम्पन्न हुनेमा आशङ्का पैदा भएको उहाँले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले मिटरब्याजबाट पीडित समुदाय देशका विभिन्न भागबाट १३ दिन पैदलयात्रा गरेर काठमाडौँ पुगेको भन्दै तत्काल उनीहरुको समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । “मिटरब्याज पीडितका समस्या समाधान गरेर उनीहरुलाई जतिसक्दो चाँडो घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु”, उहाँले भन्नुभयो ।

जनमत पार्टीका सांसद अनिता देवीले मिटरब्याज पीडित सरकारसँग न्याय माग्न काठमाडौँ आएको भन्दै तत्काल उनीहरुको समस्या समाधान गर्न ध्यानाकर्षण गराउनुभयो । “नागरिक बाध्यताले मिटरब्याजमा पैसा लिन बाध्य भएका हुन्, मिटरब्याजीलाई तत्काल कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी मिटरब्याजले पारेको प्रभावका बारेमा वर्तमान संसद् सुरु हुने बित्तिकै आफूले त्यससम्बन्धी विषय सदनमा उठाएको र अहिले सदन तथा सरकारको ध्यान गएको बताउनुभयो । “पीडित ठाउँठाउँबाट आउने क्रम बढेको छ, प्रधानमन्त्रीबाट पनि समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ, समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जीता श्रेष्ठले विलम्ब नगरी मिटरब्याजीविरुद्ध कानुन निर्माण गर्न माग गर्नुभयो । उहाँले पीडितलाई न्याय दिलाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले मल, बीउलगायत किसानका समस्या समाधान गर्न माग गर्नुभयो । एमाले सांसद महेशकुमार बर्तौलाले ‘एक पालिका, एक आवसीय विद्यालय’को सुनिश्चिता गर्न सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले दिवा खाजा कार्यक्रमलाई कक्षा १० सम्म विस्तार गर्न र सामुदायिक विद्यालय मात्र नभई सरकारसँग स्वीकृति लिएर अध्यापन गराउने मदरसा र गुम्बामा पनि खाजा कार्यक्रम विस्तार गर्न माग गर्नुभयो ।

माओवादी केन्द्रका सांसद रामकुमार राईले कोशी प्रदेशको नामकरणपछि पहिचान पक्षधरले शान्तिपूर्ण आन्दोलन गर्दा मृत्युवरण गरेका पदम लिम्बूलाई सहिद घोषणा र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । कोशी प्रदेशमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरिएको भन्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । रास्वपाका सांसद गणेश पराजुलीले अस्वभाविकरुपमा बढेको बैंकको ब्याजदरका कारण समग्र अर्थव्यस्थालाई असर गरेको भन्दै बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालमा देखिएको जनशक्तिको अभाव पूर्ति गर्न सरकारसँग माग गर्नुभयो । “अस्पतालको भवन जीर्ण छ, अस्पतालमा दरबन्दी र उपकरणको व्यवस्था होस्”, उहाँले भन्नुभयो । एमाले सांसद लालप्रसाद साँवा लिम्बूले मुलुकको आर्थिक अवस्था सुधारमा ध्यान दिन सरकारको ध्यानाकृष्ट गर्नुभयो । कांग्रेस सांसद ऐनबहादुर शाहीले छिटोभन्दा छिटो मिटरब्याजबाट पीडितको समस्या समाधान गरेर उनीहरुलाई आआफ्नो घर फिर्ता गर्न सरकारको ध्यानार्कषण गराउनुभयो । रासस