१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन– २ मा सत्ता गठबन्धनले जितनारायणलाई उठाउने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलहरुले चितवन–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

गत मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि सांसद पद गएपछि उक्त पद खाली भएको थियो ।

नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ का लागि ११ जनाको नाम सिफारिस गरेको थियो । देवेन्द्र गुरुङ, जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपिन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ सिफारिसमा परेका थिए । तर कांग्रेसको पदाधिकारी तहमा श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति जुटिसकेको बताइएको छ ।

बिहीबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने बताइएको छ । श्रेष्ठ पार्टीको पूर्व जिल्ला सभापतिसमेत हुनुहुन्छ ।

नेकपा (एमाले) ले कृष्णभक्त पोखरेल, देवी ज्ञवाली र विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने बताइएको छ । रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार बन्ने निश्चित छ ।