१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार बैठक निष्कर्षविहीन



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक विना निष्कर्ष टुंगिएको छ । मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी सत्ता साझेदार दलहरुबीच बैठक बसेको थियो । बैठक विना निष्कर्ष टुंगिए पनि आजै बेलुका ३ बजे पुन: बस्ने गरी बालुवाटारबाट नेताहरु बाहिरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताहरु बालुवाटारबाट निस्किए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग ‘वान टु वान’ वार्ता गरिरहनुभएको छ ।

मंगलबार कांग्रेसले ८, जसपा र एकीकृत समाजवादीदे ३–३ मन्त्रालय पाउनुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले ३ मन्त्रालयको अडान राखेपछि प्रधानमन्त्री प्रचण्डले उहाँसँग एक्लै वार्ता गर्न लाग्नुभएको बताइएको छ ।

एकीकृत समाजवादीले रोजेको ३ मन्त्रालय, एउटा प्रदेशमा सरकारको नेतृत्व र सबै प्रदेश सरकारमा आफ्नो पार्टीको सहभागिता हुनुपर्ने अडान राखेको बताइएको छ ।