३ पुष २०८२, बिहीबार
,
Latest
रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश यस्तो बन्यो एमालेको टिम प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा



फाईल फोटो
अ+ अ-

पोखरीया । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । पटकपटक अनुगमन गरी कारबाहीको चेतावनी दिँदै आए पनि उद्योगले अटेर गरेपछि बाध्य भएर महानगरपालिकाले सिर्सिया नदी प्रदूषित पार्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया थालेको हो ।

यसैक्रममा तराईवासीको महान पर्व चैती छठपूजाको बेलामा पनि बर्तालुले सिर्सिया नदीको प्रदूषित पानीमै पूजापाठ गरेको दृश्य सामाजिक सञ्जाललगायतमा राखेर मानिसले विरोध जनाएपछि सिर्सिया नदी प्रदूषित गर्ने वीरगञ्जका पाँच वटा उद्योगलाई कारबाही गरी रु १५ लाख जरिवाना गरेको छ ।

महानगरपालिकाले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही रु तीन लाखका दरले रु १५ लाख जरिवाना गरेको जनाएको हो । महानगरले वडा नं २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा रहेको दुर्गा पल्प एण्ड पेपर प्रालिलाई रु तीन लाखका दरले जरिवाना गरेको हो ।

नदी प्रदूषित गरेका पाँच उद्योगलाई आज पत्राचार गर्दै सात दिनभित्र तोकिएको जरिवाना बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गरिएको पौडेलले बताउनुभो ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले सिर्सिया नदी वीरगञ्ज सहरकै ‘लाइफ लाइन’ रहेको र नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाही गर्न महानगरले निरन्तर अनुगमन पनि जारी राख्ने बताउनुभयो । नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, बिन्दवासिनी, रानीघाट, अशोकबाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन् ।