१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष अहिराजको आग्रहः मिटरब्याज पीडितको समस्या यथाशीघ्र सम्बोधन गर्ने वातावरण मिलाइयोस्



अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले मिटरब्याजपीडित नागरिकहरूको समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइदिन राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएको छ ।

पूर्व प्रदेश प्रमुख अहिराजले गणतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिकहरूको भूमि, भावना र भविष्य अनिवार्यरूपमा सुरक्षित हुनुपर्ने बताउँदै काठमाडौँको अनसनस्थलबाटै राष्ट्रपतिसमक्ष सो आग्रह गर्नुभएको हो ।

संविधानप्रति आदर र सरकारप्रति विश्वास कायम हुन सके मात्र गणतन्त्र साझा हुन सक्ने उल्लेख गर्दै उहाँले प्रदेशभित्र देखिएका समस्याहरूमा प्रदेश सरकार गम्भीर नहुनु र पीडितहरू पनि प्रदेश सरकारमाथि अपनत्व महसुस गर्न नसक्नु चिन्ताको विषय रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ –

देशभित्र दिनानुदिन नागरिकहरू असुरक्षित हुँदै गएको र विभिन्न खाले आर्थिक उत्पीडनको शिकार हुनु परेको व्यहोरा यहाँलाई अवगत नै छ । गणतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिकहरूको भूमि, भावना र भविष्य अनिवार्यरूपमा सुरक्षित हुनुपर्छ ।

संविधानप्रति आदर र सरकारप्रति विश्वास कायम हुन सके मात्र गणतन्त्र साझा हुन सक्छ । प्रदेशभित्र देखिएका समस्याहरूमा प्रदेश सरकार गम्भीर नहुन् र पीडितहरू पनि प्रदेश सरकारमाथि अपनत्व महसुस गर्न नसक्नु चिन्ताको विषय हो ।

नागरिकहरूलाई आफ्नो समस्याको समाधान खोज्न संघीय राजधानी काठमाडौंमै धाउनुपर्ने, गुहार लगाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि पनि प्रदेश र स्थानीय तहको सरकारलाई गम्भीर हुन जरूरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पनि प्रदेश र स्थानीय तहको सरकारलाई नागरिकप्रति विशेष गम्भीर भई समस्या समाधान हेतु सक्रिय भूमिका निर्वाह गर्न सके पीडितहरू आ९आफ्नै थातथलोमा न्यायको अनुभूति गर्न पाउँछन् ।

मिटरब्याजपीडित नागरिकहरूको समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइदिन अनसनस्थलकाठमाडौं बाटै सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्दछु ।




भर्खरै