५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

पार्टी भित्रबाट निषेध गर्ने प्रयास भयो: भीम रावल

पार्टी भित्रबाट निषेध गर्ने प्रयास भयो: भीम रावल
अ+ अ-

काठमाडौं। नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले आफू पार्टी भित्रै रहेर राष्ट्र, जनता, राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक अघि बढने कुरामा अडिग रहेको बताउनु भएको छ ।

कुनै पार्टी र त्यसका नेताहरुले राष्ट्र र जनताको हित विपरित काम गरे आफूले एमालेमै रहेर त्यस्ता गतिविधि रोक्नका लागि कदम चाल्ने उहाँको भनाई थियो । तर पार्टी भित्रबाट आफूलाई निषेध गर्ने प्रयास भईरहेको भन्दै नेता रावलले गुनासो समेत गर्नु भयो । पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेलले अर्को पार्टीमा गईसकेका माधव नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गर्न मिल्ने, काँग्रेसको गठबन्धनमा रहेका पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन हुने उल्लेख गर्दै उहाँले आफूले भने कुनै पनि नेतालाई भेटन नहुने भन्ने कुरा सैह्य हुनै नसक्ने बताउनु भयो ।

मंगलबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले ५० वर्ष रगत, पसिना बगाएर आफैले बनाएको पार्टी छाडने नसकिने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘अव जहाँसम्म नयाँ गन्तव्य के हुन्छ भन्ने कुरा छ । अहिलेसम्म म जुनबाटो हिँडे झण्डै ५० वर्ष । म त्यही बाटोमा हिँडीरहेको छु अहिले पनि । त्यो बाटोमा संवैधानिक दृष्टिकोणबाट, सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा हाम्रो संविधानले यो राष्ट्रियतासँग सम्बन्धित, लोकतन्त्रसँग सम्बन्धित, जनताको हित, कल्याणसँग सम्बन्धित विषयहरुमा नै म कायम छु । र, त्यसलाई कसरी प्राप्त गर्ने र त्यसको विपरित जुनजुन राजनीतिक दल र नेताबाट काम हुन्छ । त्यसलाई जनताको जनमत सृजना गरेर कसरी रोक्न सकिन्छ ? कसरी यो देशलाई पराधिन हुनबाट बचाउने, मिटरब्याजको कुरा जो अहिले छ । अहिले हजारौं जनता यसबाट पीडित छन ।’

नेता रावलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालै आफ्नो गृह जिल्ला अछाम पुगेर आफूमाथि पार्टीको जिम्मेवारी नलिएको आरोप लगाउनु भएको भन्दै आपत्ति समेत जनाउनु भयो । आफूले पार्टीको विधि र निर्णय मान्दा पनि नेताहरुले अनावश्यक रुपमा आरोप लगाउने गरेको उहाँले गुनासो समेत गर्नु भयो । नेता रावलले भन्नु भयो, ‘निर्वाचन अगाडि शेरबहादुरजीसँग गठबन्धन गर्ने पुष्पकमल दाहाल प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने हाम्रा पार्टीका अध्यक्ष केपी ओलीजी । माधव नेपालजीसँग ३ घण्टा वार्ता गरेर तपाई राष्ट्रपति भईदिनुस, अव तपाई र हाम्रो पार्टी मिलौं भनेर केन्द्रमा कुरा गर्ने हाम्रा पार्टी अध्यक्ष केपी ओलीजी । अनि देउवा र पुष्पकमल दाहालजीलाई खुशी पार्न म अछाम गए रेँ ।

केन्द्रमा हाम्रा पार्टीका अध्यक्ष केपी ओलीजी र विष्णुप्रसाद पौडेलजी स्वयमले कोटेश्वरमा गएर माधव नेपालजीसँग वार्ता गर्नु भएको छ । अरुले पनि गर्नु भएको छ । अनि, उहाँहरुले पार्टीबाट अलग भएर गईसकेका माधव नेपालजीलाई राष्ट्रपति बनिदिनुस् । पार्टी एकता गरौं भन्दा पनि हुने, मिल्ने । पुष्पकमल दाहालजीलाई प्रधानमन्त्री बनाउन पनि हुने । अनि मैले यहाँ कुनै मान्छे भेटेपछि भीम रावल समाजवादी भईसक्यो भन्ने ? राजनीतिमा यस्तो पनि हुन्छ । हुँदो रहेछ होइन हाम्रो देशमा । अव मैले जहाँसम्म भेटघाट गरेको कुरा छ । जुन व्यक्तिले यो पार्टी निर्माणमा निरन्तर ५० वर्ष पसिना र रगत बगायो । त्यतिबेलामा निरंकुश व्यवस्थाका प्रताडना, जेलनेलहरुको सामना गर्‍यो । संगठन स्वदेश र प्रवासमा विस्तार गर्‍यो । नयाँनयाँ मोर्चामा पार्टी निर्माण गर्‍यो । अव त्यो व्यक्तिसँग कसैले भेटनु हुँदैन । ए, भेटन नजानु है । नम्बर काटिन्छ । योजना पाईदैन । पार्टीको पदबाट निस्कासित हुन्छ भनेर भन्ने कुरा गर्दा म दोहोर्‍याएर भन्न चाहन्छु–मलाई पञ्चायतको गाउँ फर्क कै सम्झना आउँछ ।’

नेता रावलले जनताको बहुदलीय जनवादले मार्ग निर्देश गरे अनुसार आफूले पार्टी भित्र अध्यक्षका लागि दिइएको उम्मेदवारीलाई पार्टी अध्यक्ष केपी ओली विरुद्ध गयो भनेर पार्टी भित्रैबाट कूप्रचार गरिएको पनि पटकपटक दोहोर्‍याउनु भयो ।