७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडफिल्डर सुजलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

सुजलले बिहीबार सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । सुरक्षित भविष्यका लागि सुजल आजै राति अष्ट्रेलिया प्रस्थान गर्दै छन् । त्यसअघि सुजलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

सुजलले सन्यासका लागि यो उपयुक्त समय भएको बताउँदै लेखेका छन् –
मेरा सम्पूर्ण सुभचिन्तक, समर्थक र नेपालीफुटबल प्रेमीहरु माझ मेरो न्यानो नमन

११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केहि खुसिका पल त केहि दुखका, कतै उपाधि त कतै निराश क्षन लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलि बाट आफ्नो सन्यास घोषणा गर्दछु । यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरें । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाईहरु धेरै क्षमतावान छन् । र म विस्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नया पुस्ताको हो ।

सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रीय टोलीमा स्थान दिदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रसिक्षकहरुलाई पनि हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु ।
मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो
जय नेपाली फुटबल

सुजलले सन् २०११ मा भुटानविरुद्ध खेल्दै नेपालको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । सुजलले नेपालका लागि ३७ खेलमा तीन गोल गरेका छन् ।

उनले सन् २०१७ नोभेम्बर ७ मा म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी समेत गरेका थिए ।