२० असार २०८३, शनिबार
,
Latest
महानगर अनुसन्धान शोधवृत्तिमा उम्मेदवार छनोट गर्दै कामपा कोरला सडक सरकारको उच्च प्राथमिकतामा छः मन्त्री लम्साल गृहमन्त्री गुरुङद्वारा सुरक्षा व्यवस्थाबारे जानकारी ‘सञ्चारमाध्यममा भक्तपुर’ पुस्तक सार्वजनिक चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजल र रजिन पनि अस्ट्रेलिया जाँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्यद्वय सुजल श्रेष्ठ र रजिन धिमाल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।

उनीहरु बिहीबार राति १२ः३० बजे मलेसियन एयरवेजमार्फत मलेसियाको राजधानी क्वालालमपुर हुँदै अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्दैछन् । दुवैले मछिन्द्र फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग खेल्दै आएका थिए । सुजल मछिन्द्रका कप्तान समेत हुन् ।

विंगर सुजलले सन् २०११ मा भुटानविरुद्ध खेल्दै नेपालको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । सुजलले नेपालका लागि ३७ खेलमा तीन गोल गरेका छन् ।

उनले सन् २०१७ नोभेम्बर ७ मा म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी समेत गरेका थिए ।

यस्तै, सन् २०१४ मा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमार्फत नेपाली सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका डिफेन्डर रजिनले नेपालका लागि १० खेल खेलेका छन् ।

गत महिना मात्रै प्रभावशाली मिडफिल्डर सुनिल बल पनि अष्ट्रेलियातर्फ गएका थिए । पछिल्ला एक वर्ष यतामात्रै एक दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी अष्ट्रेलिया पलायन भएसँगै नेपाली टिममा अनुभवि खेलाडीको अभाव खड्किएको छ ।