५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

सिके राउतको आरोप: ‘उपेन्द्र यादव फिरंगी उम्मेदवार’

सिके राउतको आरोप: ‘उपेन्द्र यादव फिरंगी उम्मेदवार’
अ+ अ-

कलैया । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई फिरंगी उम्मेदवारको संज्ञा दिनु भएको छ ।

बारा जिल्लाको सदरमुकाम कलैयामा बुधबार आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उहाँले मधेस र मधेसी जनतालाई उपेन्द्र यादवले नेतृत्व गरेको जसपाले पटकपटक धोका दिने काम मात्र गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “बारामा नै सक्षम नेताहरु छन् फिरंगी उम्मेदबारको मा छैन ।” उहाँले ठूला दलहरुको इशारामा निर्वाचन आयोगले चोर बाटोबाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बारा निर्वाचन क्षेत्र नं २ बाट चुनाव लड्ने बाटो खुला गरेको आरोप लगाउनुभएको छ ।

बारा जिल्लाको सदरमुकाम कलैयामा बुधबार आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उहाँले मधेस र मधेसी जनतालाई उपेन्द्र यादवले नेतृत्व गरेका जसपाले पटकपटक धोका दिने काम मात्र गरेको बताउनुभयो । सतामा टिकिरहने यादवको स्वार्थलाई अब बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का जनताले पाखा लगाउने उहाँको भनाइ थियो ।

अध्यक्ष राउतले सप्तरीबाट पराजित भएर फेरि पनि बाराका जनतालाई धोका दिनका लागि बाराबाट चुनाव लडने यादवको भावी सपना चकनाचुर भएर जाने उदघोष गर्नुभयो ।

क्षेत्र नम्बर २ मा जनमत पार्टीले पनि उम्मेदवारी दिने जानकारी गराउँदै उहाँले जनमत पार्टीलाई यहाँका जनताले मत दिनेमा आफू आशावादी रहेको बताउनुभयो ।

https://www.facebook.com/watch/?v=145012198500823