२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैज्ञानिकहरूले पत्ता लगाए मानिस बस्न सक्ने नयाँ ग्रह



अ+ अ-

एजेन्सी । वैज्ञानिकहरू ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धानरत छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् ।

वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ । सबैभन्दा ठूलो कुरा यो हो कि यो ग्रह पृथ्वीबाट १३० प्रकाश वर्ष टाढा छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीबाट १३८ प्रकाश वर्ष टाढा रहेको यो ग्रह पानीयुक्त ग्रहमा परिणत हुँदैछ । यसको मतलब यो ग्रह पनि पृथ्वी जस्तै मानिसका लागि उपयुक्त हुन सक्छ ।

तर, पत्ता लागेको यो ग्रहको रहस्य भने अझै बाँकी नै छ । यो पहिले किन देखा परेन ? भन्ने प्रश्न उठ्न सक्छ । यसको तौल पृथ्वीभन्दा ६.१ गुणा बढी छ । यसको ‘रेडियस’ पृथ्वीको भन्दा २.२५ बढी छ ।

वैज्ञानिकहरूले यस एक्सोप्लानेटलाई एचडी–२०७४९६बी नाम दिएका छन् । यसमा ग्याँसहरूले भरिएको वायुमण्डल छ वा यो सम्पूर्ण ग्रहमा पानीहरु छन् यसबारे वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । यो ग्रह निरन्तर संकुचन भइरहेको छ, जस्तै लाखौं वर्ष पहिले पृथ्वीमा भएको थियो । यो यति ठूलो ग्रह हो कि यदि यो संकुचित भयो र शान्त भयो भने, यो सुपर–पृथ्वी हुनेछ ।

विश्वभरका वैज्ञानिकहरूले अहिलेसम्म हाम्रो सौर्यमण्डल बाहिर ५३०० भन्दा बढी ग्रहहरू पत्ता लगाएका छन् । यी ग्रहहरूको अध्ययन गरेर, वैज्ञानिकहरूले ग्रह प्रणाली पत्ता लगाउँछन् । वैज्ञानिकहरूले पृथ्वीजस्तै र आफ्नो सूर्यको वरिपरि १०० दिनमा परिक्रमा गर्ने धेरै ग्रह पत्ता लगाएका छन् । यसका साथै तिनीहरू पृथ्वीभन्दा करिब दुई गुणा ठूला छन् ।