• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने



काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने  बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल हुने भएको छ । एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।  

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच एमसीसी टेबुल र पारित गर्ने सहमति भएको काग्रेसका प्रवक्ता डा .प्रकाश शरण महतले जानकारी दिनुभयो । डा. महतले भन्नुभयो "पुष्पकमल दाहाल 'प्रचण्ड' र माधब नेपालकै सहमतिमा प्रसताब टेबुल हुन लागेको हो र यसलाई सकारात्मक रुपमा टुग्याउने सहमति भएको छ ।"

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।