५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको पत्रकारहरुप्रतिको टिप्पणी आलोच्य छ, आत्मआलोचना गर्नुपर्छ : महामन्त्री शर्मा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताउनु भयो । सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भिर ‘नोटिस’ मा रहेको उहाँले बताउनु भयो । उहाँले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यो विषय बास्तवमै गम्भिर छ । किनभने व्यक्तिको रुपमा विश्वप्रकाशले के सोच्दछ, के बोल्दछ उसको कुरा हो । तर पार्टीको महामन्त्रीको रुपमा या सांसदको रुपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारको केही मर्यादाहरु हुन्छन् । त्यसैले के हो भने झापा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको नेकपा(एमाले)का सांसदका रुपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो ।

तर नेपाल देशको सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुभन्दा अगाडी सोच्नुपनि हजार पटक पर्छ । उहाँले जे बोल्नुभएको छ, त्यो विषय गम्भिर नोटिसमा समाजको सामुन्ने छ । त्यसप्रति हामी सबैको विमत्ति छ । राष्ट्रको चौथो अंग भनेको अहिलेको लोकतान्त्रिक रुपान्तरण दलहरुले गराइदिएर अनि त्यसको अधिकार भोगिरहेको मात्रै होइन, यो लोकतान्त्रिक रुपान्तरण गर्नका लागि आफैँ संलग्न भएको चौथो अंग हो । त्यसकारण कुनै व्यक्तिको बारेमा कहिँ कतै टिप्पणी छ भनेपनि त्यसलाई अलग रुपमा राख्ने एउटा विषय हो । तर समग्रतामा पत्रकारहरुको बारेमा, चौथो अंगको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ । हाम्रो लागि आलोच्य छ, उहाँको लागि आत्मआलोचना गर्नुपर्छ ।’

उहाँले वर्तमान सत्तारुढ गठबन्धन पाँचै वर्ष जाने पनि बताउनु भयो ।