२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र नेपालबीच आरोप–प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरूपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका जन्माएको छ।

सोमबार बिहान मदन भण्डारीको जन्मदिनका अवसरमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीलाई संकेत गर्दै दक्षिणपन्थी भएको आरोप लगाएपछि दिउँसो ओली नेपालमाथि खनिएका थिए। उनले नेपाल प्रचण्ड (माओवादी केन्द्र अध्यक्ष पुष्ककमल दाहाल) को कार्यकर्ता भएको, कांग्रेससँग साँठगाँठ गरेर शेरबहादुर देउवा (कांग्रेस सभापति) को पार्टीमा जान लागेको जस्तो आरोप लगाएका थिए।

उनले नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भएको बताउँदै उनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले नटोकेको भन्दै कडा टिप्पणी गरेका थिए। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाललगायत विपक्षी दलका अन्य नेताहरूप्रति कडा ढंगले कटाक्ष गरे।

सोमबार बिहान नेता नेपालले अहिले पार्टीको नेतृत्व संविधानको मर्ममा प्रहार गर्ने दक्षिणपन्थी बाटो अवलम्बन गर्ने तहको भएको आरोप लगाएका थिए। ‘अधिनायकवाद तथा निरंकुशताविरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलनसमेतको अनुभवका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गयौं,’ उनले भनेका थिए।

कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दुःखसुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास लिएर शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।