४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनको मूल्य एकै दिन रु १६०० रुपैयाँले घट्यो



अ+ अ-

काठमाडौँ । आजको बजारमा सुनको मूल्य एकैदिन १ हजार ६०० रुपैयाँले घटेको छ ।

एक सातासम्म लगातार उकालो लागेको सुनको मूल्य मंगलबार एकै दिन तोलामा १ हजार २०० रुपैयाँले बढेर यो वर्षकै सबैभन्दा महँगो हुँदा प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ६०० रुपैयाँले घटेसँगै प्रतितोला ९५ हजार १०० रुपैयाँमा आएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार ३५ रुपैयाँ घटेर १ हजार २८५ रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।