२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

एमालेभित्रको विवादका नौ बुँदामा छलफल, लगभग सहमति नजिक

एमालेभित्रको विवादका नौ बुँदामा छलफल, लगभग सहमति नजिक
अ अ+ अ-

काठमाडौं । शीर्ष नेताहरुको महत्वकाँक्षाका कारण फुटको डिलमा पुगेको सत्तारुढ दल नेकपा (एमाले) फेरि एक हुने बाटोमा आइपुगेको छ ।

केही दिन यता पार्टीका दोस्रो तहका नेताहरुको सक्रियताका कारण बुँदागत रुपमा भएको छलफल सहमति उन्मुख भएको हो ।  

असन्तुष्ट पक्षको नेतृत्व गर्नु भएका नेता माधव कुमार नेपाल निकट एक नेताका अनुसार नौ बुँदामा छलफल भएको र आठ बुँदामा सहमति भएको छ ।

ती नेताका अनुसार एमालेको संगठन संरचना २०७५ साल जेठमै फर्कने, केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट आएका नेताहरु समेत गरी थप गरिएका ४५ जनालाई अनुमोदन गर्ने, स्थायी समितिका लगिएकाहरुलाई पनि अनुमोदन गर्ने र केही संख्या थप गर्ने सहमति भएको छ ।

त्यस्तै  प्रदेश र संघीय सरकारको पुनर्संरचना गर्ने, विभिन्न तहमा बनेका समानान्तर समितिहरु बिघटन गर्ने र त्यसको समायोजनका लागि कार्यदल बनाइने तयारी भएको छ ।

पार्टीको विधान संशोधन गर्दै दुई अध्यक्ष बनाउने, दोस्रो अध्यक्षले संगठनको काम गर्ने,  सबै विषयमा सहमति भएपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भै रहेको ती नेताले जानकारी दिए ।

उनका अनुसार  बिहीबार नेपाल पक्षका नेताहरुको स्थायी समितिको बैठक बस्ने र शुक्रबार केन्द्रीय समतिको बैठक बसी यसलाई औपचारिकता दिइने तयारी भइरहेको छ ।  

शुक्रबार नै एमालेको केन्द्रीय समितिको बैठक बस्दैछ भने बुधबार पनि साँझ अबेरसम्म नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम आचार्य, धनश्याम भुषाल, गोकर्ण बिष्ट छलफलमा जुट्नु भएको थियो ।

पछिल्लो पटक मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ट नेता माधव कुमार नेपाललाई नामै किटेर निकै आक्रामक शैलीमा आलोचना गर्नु भएको थियो ।

त्यसलगत्तै वरिष्ट नेता नेपालले पनि प्रधानमन्त्री ओलीका आक्षेपको प्रतिबाद गर्नु भएको थियो । साथै उहाँले आफू कुनै पनि हालतमा विपक्षीको गठबन्धन नत्याग्ने पक्षमा रहेको बताउँदै विपक्षीहरुलाई कुनै भ्रममा नपर्न आग्रह गर्नु भएको थियो ।

मुख्य नेताहरुको आरोप–प्रत्यारोप र गालीगलौज जारी रहेकै अवस्थामा नेकपा एमालेका दोस्रो तहका नेताहरु पार्टीको एकता जोगाउन भन्दै विभिन्न चरणमा छलफलमा जुटेका खबर यसअघि पनि आएका थिए, तर सार्थक परिणाम भने प्राप्त भइसकेको छैन ।

तर पार्टीका संगठनात्मक विषयसँग जोडिएका कैयौं निर्णयहरु सुधारका क्रममा रहेका र असन्तुष्ट पक्षका मागलाई पनि समेट्ने गरी विधानमा परिमार्जन गर्न थालिएका छन् ।

वार्तामा सहभागी नेताले एमाले विवाद “आइस ब्रेक” को अवस्थामा पुगेको जनाउ दिएकाले पनि वार्ता निकै सकारात्मक रहेको बुझ्न सकिन्छ ।
––