५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीका बारेमा एमालेले के गर्छ ?



अ+ अ-

एमसीसी झलनाथ खनाल प्रधानमन्त्री भएको बेला आरम्भ भएर कांग्रेस र माओवादीको सरकार भएको बेला सन् २०१७ मा हस्ताक्षर गरेको विषय हो र अहिले उनीहरु नै सत्तामा भएकाले त्यस विषयमा के गर्ने भन्नेबारेमा सत्तारुढ गठबन्धन स्पष्ट हुनुपर्छ । गठबन्धनसँग प्रतिनिधिसभामा बहुमत भएकाले यसलाई पारित गर्ने वा नगर्ने भन्ने गठबन्धनको विषय हो । 

हामीले सभामुख अग्निप्रसाद सापकोटाको असंवैधानिक, पूर्वाग्रहपूर्ण र गैरसंसदीय निर्णयका विरुद्ध संसद्मा लगातार संघर्ष जारी राखेका छौँ । यसबीचमा भएका कुनै पनि विधेयक वा प्रस्तावको छलफल वा मतदान प्रक्रियामा हामीले भाग लिएका छैनौँ । हाम्रो न्यायोचित सरोकार सम्बोधन नभएसम्म प्रतिनिधिसभामा पेश हुने कुनै पनि प्रस्तावमाथिको छलफलमा भाग लिने वा मतदानमा सहभागी हुने वातावरण नै बन्दैन भन्ने स्पष्ट छ ।

सत्तापक्षकै केही दलले एमसीसी पेश गर्ने र केही दलले बहिस्कार गर्ने अनि उपस्थित संख्याको बहुमत देखाएर प्रस्ताव पारित गर्ने खालको अवसरवादी सपना कसैले नदेखे हुन्छ । सत्तापक्ष हो भने सरकारको प्रस्तावको पक्षमा मत हाल्ने र मत हाल्न नसक्ने हो भने सरकार छाडेर बाहिरिने विकल्प मात्रै लोकतान्त्रिक हुन्छ । त्यसैले एमसीसी पेश हुँदा नेकपा ९एमाले० का ९८ जना सांसद नै प्रतिनिधिसभामा उपस्थित हुन्छन् र आफ्नो विरोध जारी राख्छन् भन्ने कुरा सबैले बुझे हुन्छ ।

– रिजाल नेकपा एमाले प्रचार बिभाग उपप्रमुख हुनुहुन्छ।