• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपतिलाई भेट्न सभामुख घिमिरे मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको हो ।

भेटमा सभामुख घिमिरेले राष्ट्रपतिसमक्ष अन्तर व्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराउनुभएको थियो ।

आईपीयूको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहको छ । आईपीयू बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको राजधानी मनामा सहरमा हुँदैछ ।