२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका राष्ट्रपतिको दाबी – पुटिन मारिनेछन्



अ+ अ-

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भ्लादिमिर पुटिनलाई उनका नजिकका व्यक्तिहरूले नै एकदिन हत्या गरिदिने बताएका छन् ।

जेलेन्स्कीको यो बयान रुस–युक्रेन युद्धमा बनेको डकुमेन्ट्रीमा छ । यसको नाम ‘इयर’ रहेको छ । यस डकुमेन्ट्रीको बारेमा न्यूजवीक पत्रिकामा जानकारी दिइएको छ ।

रुस र युक्रेनबीच गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएको थियो । यसै दिन रुसले युक्रेनमा आक्रमण गरेको थियो । दुवै देशले आ–आफ्नो जितको दाबी गरिरहेका छन् । जेलेन्स्कीलाई सहयोगको आश्वासन दिन हालै अमेरिकी राष्ट्रपति जो बाइडेन आफैं कीभ पुगेका थिए ।

‘न्यूजवीक’ म्यागजिनका अनुसार जेलेन्स्कीले यस वृत्तचित्रमा भनेका छन् – ‘त्यो दिन टाढा छैन जब पुटिनका नजिकका व्यक्तिहरूले उनको विरुद्धमा काम गर्न थाल्नेछन् । रूसमा उनको विरुद्ध आवाज उठ्नेछ । यो एकमात्र मौका हुनेछ जब पुटिनको नजिकको व्यक्तिले उनलाई मार्नेछन् । तिनीहरूले मेरो शब्द याद गर्नुपर्छ । तर, यो दिन कहिले आउने हो ? यसबारे म केही भन्न सक्दिनँ ।’

जेलेन्स्कीको यो भनाइ यस्तो बेला आएको हो जब केही सञ्चारमाध्यममा पुटिनका नजिकका केही युक्रेन र बाँकी देशको नीतिप्रति खुसी नभएको दाबी गरिएको छ । युक्रेन युद्ध लम्बिदै गएपछि उनीहरुको असन्तुष्टि बढ्दै गएको छ ।