११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

सरकारले पशुपति सरसफाईका लागि ३ महिने अभियान चलाउने

सरकारले पशुपति सरसफाईका लागि ३ महिने अभियान चलाउने
अ अ+ अ-

काठमाडौँ । सरकारले पशुपतिनाथ मन्दिर सरसफाईका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ ।

सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताउनुभएको हो ।

उहाँले आगामी शनिवारदेखि पशुपति सरसफाईको अभियान शुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । त्यस्तै पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरीएको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री किराँतीले आफू मन्त्रीको रुपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकिय कुराहरुमा सुधार ल्याएको बताउनु भयो ।

त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरु घटिरहेका भन्दै महिला बिरुद्ध हुने दुव्र्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको बताउनु भयो । सरसफाई निर्देशिका जारी गर्न लागेको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘वायुसेवा निगममा अनलाइन टिकट हामीले गरेका छौँ । सरसफाई र व्यवस्थापकिय पक्षमा खासगरी एयरपोर्टहरुमा हामीले धेरै सुधार ल्याएका छौँ । हवाई सुरक्षा सम्बन्धी सबै मातहतका निकायहरुमा पटक–पटक निर्देशन दिएका छौँ र केही सुधारका कामहरु पनि भइराखेको छ ।

लुम्बिनी गुरुयोजनाको सम्बन्धमा छानविन समिति नै बनाएर छानबिन समितिले प्रतिवेदन पनि ल्याइसकेको छ । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको लागि ५ समिति अध्ययन समिति गठन गरिसकेका छौँ आज नै । पशुपति सरसफाइ अभियान अब ३ महिना प्रत्येक शनिवार मातहतको सबै कर्मचारीहरुसहित मेरो अध्यक्षतामा र मन्त्रालयको सचिव त्यसको सदस्यसचिव रहने गरी ३ महिने सरसफाई अभियान आउने शनिवारदेखि सञ्चालन गर्नेछौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका कुराहरु हामीले सुनिराखेका छौँ । त्यो घटना घटेको कुरा विभिन्न सार्वजनिक मिडियाबाट हामीले जानकारी पनि लिइरहेका छौँ । त्यसका निम्ति हामी महिला बिरुद्धको दुव्र्यवहार उजुरी लिने स्थायी युनिट हामी त्यहाँ बनाउने छौँ ।

सरसफाइ संस्थागत गर्न हामीले निर्देशिका जारी गर्दैछौँ । ७ फेब्रुअरीमा ग्राउण्डेड भएको हाम्रो ट्वीनेटर जहाजको छानबिन उपसमिति बनाएका छौँ । हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा पठाएको छौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको सम्बन्धमा कसरी यसलाई सञ्चालन गर्ने, यसको सम्बन्धित निकायसम्म हामीले बिजनेस प्लान मागिराखेका छौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा कुटनीतिक पहल शुरु नै गरिसकेका छौँ । भरतपुर विमानस्थल विस्तार गर्ने काम प्रारम्भ गरेका छौँ । मन्त्रालयमा २४ सै घण्टा पर्यटकलाई सेवा दिनेगरी नमस्ते पर्यटक सेवा चलाउने तयारीमा छौँ ।’

त्यस्तै गरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाएको उहाँले बताउनु भयो । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उहाँको भनाई छ । मन्त्री किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यवसायिक योजना माग गरिरहेको पनि बताउनु भयो । त्यस्तै पर्यटकहरुलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४ सै घण्टा चलाउने तयारी रहेको उहाँले उल्लेख गर्नुभयो ।