५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीबिरुद्ध नेपाललाई चौथो सफलता, गुलशनले मात्रै लिए तीन विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपालर्ले चौथो सफलता हात पारेको छ ।

दुबई क्रिकेट मैदानमा जारी खेलमा गुलशन झाले चाल्र्स अमिनीलाई आउट गराएसँगै नेपाललाई चौथो सफलता मिलेको हो । चाल्स १४ बलमा ६ रन बनाएर प्रतिशको हातबाट क्याच आउट भए ।

त्यसअघि गुलशनले नै २४ औं ओभरको दोस्रो बलमा पिएनजीका सेसे बाउलाई ३१ रनमा बोल्ड गराएर नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

नेपाललाई दोस्रो सफलता पनि गुलशनले दिलाएका थिए । ओपनर किप्लिङ डोरिगालाई २८ रनमा क्याच आउट गराउँदै गुलशनले दोस्रो सफलता दिलाएका थिए । उनले ५२ बलमा ४ चौका प्रहार गरे ।

तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पिएनजीका ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उराले १३ बल खेलेका थिए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले ३१ ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।