२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीबिरुद्ध नेपाललाई चौथो सफलता, गुलशनले मात्रै लिए तीन विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपालर्ले चौथो सफलता हात पारेको छ ।

दुबई क्रिकेट मैदानमा जारी खेलमा गुलशन झाले चाल्र्स अमिनीलाई आउट गराएसँगै नेपाललाई चौथो सफलता मिलेको हो । चाल्स १४ बलमा ६ रन बनाएर प्रतिशको हातबाट क्याच आउट भए ।

त्यसअघि गुलशनले नै २४ औं ओभरको दोस्रो बलमा पिएनजीका सेसे बाउलाई ३१ रनमा बोल्ड गराएर नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

नेपाललाई दोस्रो सफलता पनि गुलशनले दिलाएका थिए । ओपनर किप्लिङ डोरिगालाई २८ रनमा क्याच आउट गराउँदै गुलशनले दोस्रो सफलता दिलाएका थिए । उनले ५२ बलमा ४ चौका प्रहार गरे ।

तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पिएनजीका ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उराले १३ बल खेलेका थिए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले ३१ ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।