• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सहयोद्धालाई धोका दिनेले मलाई धोका दिनु कुन ठूलो कुरा ?– ओली(भिडियोसहित)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिनु सामान्य रहेको बताएका छन् ।

शहीद, घाइते तथा बेपत्ता परिवारको कार्यक्रममा सम्बोधन गर्दै ओलीले युद्धका बेलाका साथी, सिपाहीलाई धोका दिनेले आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताएका हुन् ।

‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई ढोका दिनु कुन ठूलो कुरा ?’, ओलीले भने ।

अध्यक्ष ओलीले तत्कालीन माओवादीले जनयुद्धको नाममा हिंसात्मक यात्रा सुरु गरेको आरोप लगाएका छन् । उनले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले हिंसाको बाटो हिँडेर हजारौंको क्रुरतापूर्वक हत्या भएको बताए ।