५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ओलम्पिक छनोट आयोजना गर्ने



अ+ अ-

काठमाडौं । नेपालले पेरिस ओलम्पिकका लागि महिला फुटबल एसिया छनोट आयोजना गर्ने भएको छ ।

२०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने भएको हो ।

समूह ‘सी’ मा नेपाल, भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेकोमा प्यालेस्टाइनले भने नाम फिर्ता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो चरणको एसिया छनोट खेल आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ ।

पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । पहिलो चरणको खेलमा समूह विजेता बन्ने टीमले दोस्रो चरण खेल्नेछ । यसअघि नै उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया दोस्रो चरणमा पुगिसकेका छन् ।