५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कति ?



अ+ अ-

काठमाडौँ । नेपालको आइसिसी विश्वकप छनोट खेल्ने सम्भावना कायमै रहेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा शीर्ष तीनमा स्थान बनायो भने नेपालले सिधै छनोट खेल्न पाउछ । त्यसको लागि नेपालले बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ ।

आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । यसअघि नै स्कटल्यान्ड ३६ खेलमा २४ जित र १० हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगिसकेको छ । यस्तै, ओमानले पनि ३६ खेलमा २१ मा जित र १३ हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै छनोटमा पुगेको छ ।

अव नेपाल, नामिबिया र युएई मध्येका एक टोलीले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाल २८ खेलमा १२ जित र १४ मा हारसहित छैटौं स्थानमा रहेको छ । यस्तै, युएई २८ खेलमा १३ जित र १२ हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ भने नामिबियाले ३६ खेलमा १९ जित र १६ हारसहित ३९ अंक पाएको छ ।

नामिबियालाई पछि पार्न नेपालले ८ मध्य ७ खेल जित्नैपर्ने दबाव रहेको छ । नेपालले बाकि सबै खेल जित्दा ४२ अंक पाउनेछ
भने ७ खेल जित्दा ४० र ६ खेल जित्दा ३८ अंक पाउनेछ । नामिबियाले ३९ अंक पाईसकेकोले नेपालले कम्तिमा नि ७ खेल जित्नैपर्ने हुन्छ ।

नेपालले अव युएईसँग चार र पपुवा न्युगिनीसँग चार खेल खेल्नेछ । दुबईमा सोमबारबाट हुने त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल, पपुवा न्युगिनी र युएई भिड्नेछन् । त्यसपछि, बाकि रहेको सिरिज भने टियु मैदानमा हुनेछ ।

युएईलाई पनि नेपालले चार मध्येका तीन खेलमा हराउनु पर्ने हुन्छ । युएईकोे नेपालसँग तीन हार र बाँकी पाँच खेलमा सबै जित निकाल्दा पनि ३९ अंकमा मात्रै हुन्छ । यता नेपालको भने युएईसँग एक खेलमा हार र बाँकी सबै खेलमा जित निकाल्दा ४० अंक हुनेछ ।

नेपालले सोझै अ‍ोडिआई मान्यता जोगाउन ८ खेलमा ५ खेल जित्नुपर्ने हुन्छ । नेपालले ५ खेल जित्दा ३६ अंक हुन्छ । शीर्ष पाँचमा पर्न ३६ अंक पर्याप्त हुनेछ । लिग २ मा शीर्ष पाँच र क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न नसके चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ ।