५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कति ?



अ+ अ-

काठमाडौँ । नेपालको आइसिसी विश्वकप छनोट खेल्ने सम्भावना कायमै रहेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा शीर्ष तीनमा स्थान बनायो भने नेपालले सिधै छनोट खेल्न पाउछ । त्यसको लागि नेपालले बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ ।

आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । यसअघि नै स्कटल्यान्ड ३६ खेलमा २४ जित र १० हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगिसकेको छ । यस्तै, ओमानले पनि ३६ खेलमा २१ मा जित र १३ हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै छनोटमा पुगेको छ ।

अव नेपाल, नामिबिया र युएई मध्येका एक टोलीले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाल २८ खेलमा १२ जित र १४ मा हारसहित छैटौं स्थानमा रहेको छ । यस्तै, युएई २८ खेलमा १३ जित र १२ हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ भने नामिबियाले ३६ खेलमा १९ जित र १६ हारसहित ३९ अंक पाएको छ ।

नामिबियालाई पछि पार्न नेपालले ८ मध्य ७ खेल जित्नैपर्ने दबाव रहेको छ । नेपालले बाकि सबै खेल जित्दा ४२ अंक पाउनेछ
भने ७ खेल जित्दा ४० र ६ खेल जित्दा ३८ अंक पाउनेछ । नामिबियाले ३९ अंक पाईसकेकोले नेपालले कम्तिमा नि ७ खेल जित्नैपर्ने हुन्छ ।

नेपालले अव युएईसँग चार र पपुवा न्युगिनीसँग चार खेल खेल्नेछ । दुबईमा सोमबारबाट हुने त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल, पपुवा न्युगिनी र युएई भिड्नेछन् । त्यसपछि, बाकि रहेको सिरिज भने टियु मैदानमा हुनेछ ।

युएईलाई पनि नेपालले चार मध्येका तीन खेलमा हराउनु पर्ने हुन्छ । युएईकोे नेपालसँग तीन हार र बाँकी पाँच खेलमा सबै जित निकाल्दा पनि ३९ अंकमा मात्रै हुन्छ । यता नेपालको भने युएईसँग एक खेलमा हार र बाँकी सबै खेलमा जित निकाल्दा ४० अंक हुनेछ ।

नेपालले सोझै अ‍ोडिआई मान्यता जोगाउन ८ खेलमा ५ खेल जित्नुपर्ने हुन्छ । नेपालले ५ खेल जित्दा ३६ अंक हुन्छ । शीर्ष पाँचमा पर्न ३६ अंक पर्याप्त हुनेछ । लिग २ मा शीर्ष पाँच र क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न नसके चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ ।