• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विधायक भण्डारी र गभर्नर मुर वीच छलफल



मेरिल्याण्ड । मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले मेरिल्याण्ड राज्यका नवनिर्वाचित गभर्नर वेज मुरसँग भेटघाट तथा छलफल गर्नु भएको छ । गभर्नरको निवासमा आयोजित भेटघाट कार्यक्रममा डा भण्डारीले गभर्नर मुरलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

मेरिल्याण्ड जनरल एसेम्वलीमा एएपिआई ९एशियन अमेरिक प्यासिफिक आईल्याण्डर्स० ककसको अध्यक्ष समेत रहनु भएका भण्डारीले आफनो सम्बोधनको क्रममा एशियन अमेरिकनको चासो र चुनौतीका वारेमा गभर्नर मुरलाई जानकारी गराउनु भएको थियो ।

विधायक भण्डारीले गभर्नर मुरलाई एशियन अमेरिकन मूलकी अरुणा मिलरलाई लुटिनेन्ट गभर्नरको रुपमा काम गर्न अवसर दिनु भएकोमा एशियाली मूलका लाखौ अमेरिकी खुशी भएको समेत वताउनु भएको थियो । साथै गभर्नरको क्याविनेटमा तीन जना एशियाली मूलकालाई सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा गभर्नर मुरले विविधता र समावेशिताको अवसर प्रदान गर्नु भएकोमा भण्डारीले धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।

भण्डारीले उक्त अवसरमा ककसको अध्यक्षको नाताले मेरिल्याण्डमा एशियन अमेरिकन कम्युनिटी सेन्टर स्थापनाको लागि अनुरोध गर्नु भयो । भण्डारीले उक्त सेन्टरले एशियन अमेरिकनका भाषागत समस्या, अवसरको खोजी का साथ साथै प्रजातन्त्रको मेरुदण्डको रुपमा नागरिकको सहभागिताले महत्वपूर्ण काम गर्न सक्ने वताउनु भयो । भण्डारीले सेन्टरले अल्पसंख्यकहरुको राजनीतिक सहभागितामा समेत काम गर्न सक्ने धारणा राख्नु भयो ।

उहाँले सेन्टरले मेरिल्याण्ड राज्यको सामाजिक, आर्थिक,साँस्कृतिक लगायतको क्षेत्रमा योगदान गर्दे रोजगारीको अवसर सृजना गर्न सक्ने समेत वताउनु भएको थियो । कार्यक्रममा गभर्नर मुरले अल्पसंख्यकहरुको माग सम्बोधन र उनीहरुको सहभागिताको लागि आफूले सक्दो प्रयत्न गर्ने वताउनु भएको थियो । गभर्नर मुरले आफनो कार्यकालमा कसैलाई पनि पछाडि नपार्ने अवधारणा ल्याएकोले समावेशी सहभागितामा सदैव ध्यान दिने वताउनु भयो ।

भारतीय मूलकी लुटिनेन्ट गभर्नर अरुणा मिलरले हरेक आप्रवासीको कथा आफनो कथा जस्तै भएको स्मरण गर्नु हुँदै एएपिआईसँग मिलेर काम गर्ने वताउनु भएको थियो । कार्यक्रममा मेरिल्याण्ड राज्यको जनरल एसेम्वलीका तल्लो र माथिल्लो सदनका विधायक,सिनटेरहरुको सहभागिता रहेको थियो ।