७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

विधायक भण्डारी र गभर्नर मुर वीच छलफल

विधायक भण्डारी र गभर्नर मुर वीच छलफल
अ+ अ-

मेरिल्याण्ड । मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले मेरिल्याण्ड राज्यका नवनिर्वाचित गभर्नर वेज मुरसँग भेटघाट तथा छलफल गर्नु भएको छ । गभर्नरको निवासमा आयोजित भेटघाट कार्यक्रममा डा भण्डारीले गभर्नर मुरलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

मेरिल्याण्ड जनरल एसेम्वलीमा एएपिआई ९एशियन अमेरिक प्यासिफिक आईल्याण्डर्स० ककसको अध्यक्ष समेत रहनु भएका भण्डारीले आफनो सम्बोधनको क्रममा एशियन अमेरिकनको चासो र चुनौतीका वारेमा गभर्नर मुरलाई जानकारी गराउनु भएको थियो ।

विधायक भण्डारीले गभर्नर मुरलाई एशियन अमेरिकन मूलकी अरुणा मिलरलाई लुटिनेन्ट गभर्नरको रुपमा काम गर्न अवसर दिनु भएकोमा एशियाली मूलका लाखौ अमेरिकी खुशी भएको समेत वताउनु भएको थियो । साथै गभर्नरको क्याविनेटमा तीन जना एशियाली मूलकालाई सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा गभर्नर मुरले विविधता र समावेशिताको अवसर प्रदान गर्नु भएकोमा भण्डारीले धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।

भण्डारीले उक्त अवसरमा ककसको अध्यक्षको नाताले मेरिल्याण्डमा एशियन अमेरिकन कम्युनिटी सेन्टर स्थापनाको लागि अनुरोध गर्नु भयो । भण्डारीले उक्त सेन्टरले एशियन अमेरिकनका भाषागत समस्या, अवसरको खोजी का साथ साथै प्रजातन्त्रको मेरुदण्डको रुपमा नागरिकको सहभागिताले महत्वपूर्ण काम गर्न सक्ने वताउनु भयो । भण्डारीले सेन्टरले अल्पसंख्यकहरुको राजनीतिक सहभागितामा समेत काम गर्न सक्ने धारणा राख्नु भयो ।

उहाँले सेन्टरले मेरिल्याण्ड राज्यको सामाजिक, आर्थिक,साँस्कृतिक लगायतको क्षेत्रमा योगदान गर्दे रोजगारीको अवसर सृजना गर्न सक्ने समेत वताउनु भएको थियो । कार्यक्रममा गभर्नर मुरले अल्पसंख्यकहरुको माग सम्बोधन र उनीहरुको सहभागिताको लागि आफूले सक्दो प्रयत्न गर्ने वताउनु भएको थियो । गभर्नर मुरले आफनो कार्यकालमा कसैलाई पनि पछाडि नपार्ने अवधारणा ल्याएकोले समावेशी सहभागितामा सदैव ध्यान दिने वताउनु भयो ।

भारतीय मूलकी लुटिनेन्ट गभर्नर अरुणा मिलरले हरेक आप्रवासीको कथा आफनो कथा जस्तै भएको स्मरण गर्नु हुँदै एएपिआईसँग मिलेर काम गर्ने वताउनु भएको थियो । कार्यक्रममा मेरिल्याण्ड राज्यको जनरल एसेम्वलीका तल्लो र माथिल्लो सदनका विधायक,सिनटेरहरुको सहभागिता रहेको थियो ।