• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् !

हिमाल अस्पतालको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप, उचित क्षतिपूर्तिको माग



काठमाडौँ । अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन ।

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलवार पत्रकार सम्मेलन गरी क्षतिपूर्ति माग गरेका हुन ।

सामान्य रुघाखोकी लागेकी प्रशंशालाई उनीहरुले सो अस्पतालमा माघ २३ गते पु¥याएका थिए । उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षण समेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रिफ्र लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकले रेकर्ड समेत नदिएर आफ्नी छोरीको ज्यान गएको उनीहरुको आरोप थियो । अन्तिम अवस्थामा विरामी नबाँच्ने भएपछि महाराजगंजस्थित मेट्रो अस्पताल पु¥याएका थिए । त्यहाँ पु¥याएको दुई घण्टा पनि नवित्दै प्रशंशाको मृत्यु भएको थियो ।

हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गंगा गौतमको बुझाई छ । उनले रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षण समत नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको बताए । पीडित गौतमले छोरीको उपचारमा लापरबाही गर्ने सो चिकित्सकको लाईसेन्स छानवीन गर्न नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी पनि दिएका छन ।

पत्रकार सम्मेलनमा उनले भने, ‘मेडिकल डाक्टरको लापरबाहीका कारण छोरीको मृत्यु भयो । नानीलाई ज्वरो, रुघाखोकी सुरु भयो । हामीले माघ २३ गते सोमबार नक्सालस्थित हिमाल हस्पिटलमा लगेर त्यहाँको बच्चाको डाक्टर जयदेव यादवलाई छोरीलाई देखायौं । छाती, घाँटी हेर्नु भयो । ज्वरो नाप्नु भयो । अनि भाईरल ज्वरो हो यो । यसमा आत्तिनुपर्ने केही छैन । छातीहरु राम्रो छ भनेर औषधिहरु लेखिदिनु भयो । घ्यारघ्यार भईरहेको छ । अलि चेक गर्नु प¥यो भनौं । तर डाक्टर यादवले चिन्ता गर्नु पर्दैन भन्नु भयो । औषधि खुवाएर हेर्नुस् । शुक्रबार फ्लोअपमा ल्याउनुहोस् भन्नु भयो ।’

‘घरमा लगेर औषधिहरु खुवायौं तर ज्वरोहरु घटेन । छातीमा घ्यारघ्यार बढ्यो । त्यसपछि मंगलबार फेरी सोही अस्पताल लगियो । त्यतिबेला पनि डाक्टर सबै औषधि ठिक छ । छातीहरु नराम्रो केही पनि छैन भन्नु भयो । बरु उसलाई बाफ लगाई दिने भनेर ३ दिनका लागि लेखिदिनु भयो । यही इमर्जेन्सीमा ल्याएर बाफ लगाउनु, कफहरु सबै जान्छ भन्नु भयो । बाफ लगाएर लगियो । तर नानीको पेट पनि फुलेको देखियो । अनुहार सुन्नियो । घ्यारघ्यार अझै बढ्यो । बुधबार फेरी डाक्टरलाई देखाइयो । फेरी पनि डाक्टरले आत्तिने कुरा केही पनि नभएको बताउनु भयो । सबै नर्मलनै छ भन्नु भयो । निमोनिया भयो कि भनेर हामीले चेक गराउनु पर्छ कि भनेर सोध्दा डाक्टरले पर्दैन भन्नु भयो । फेरी पनि टेष्ट गराऔं भन्यौं तर पनि उहाँले लापरबाही गर्नु भयो ।’

‘हामी चिकित्सकको भर प¥यौं । बिहीबार बच्चाको शिथिल सरिर फेरी देखायौं । फेरी पनि नआत्तिनुहोस् भन्नु भयो । त्यसपछि हाम्रै आग्रहमा बच्चाको एक्स रे गरियो । फोक्सोमा ६० प्रतिशत बढि पानी भरिएको रहेछ । त्यसपछि इमर्जेन्सीमा भर्ना गरियो । त्यहाँ अक्सिजनको मात्रा एकदमै कम भएपछि उपचार गर्न थालियो । उपचार हुँदै गयो, विरामी झन शिथिल हुँदै गईन । त्यसपछि डाक्टर नै डरायो । पिआईसियू चाहिन्छ र हेम्स अस्पताल लैजानु भन्नु भयो । हामी तयार भयौैं । हेम्सको डाक्टरलाई ब्रिफ गरेपछि उसले यहाँ नपठाउनु भन्यो । अनि उसले हामीलाई कान्तिमा मैले डाक्टरसँग कुरा गरेँ ।’

‘त्यहाँ पिआईसियू खाली छ । त्यहाँ विरामीलाई आधा घण्टा भित्र लिएर जानुस् । नआत्तिनु । रिफ्र लेटर लेखिदिन्छु भन्नु भयो । रिफ्र लेटरमा डाक्टरको हस्ताक्षर पनि छैन । हष्पिटलको स्टयाप पनि रहेनछ । त्यो अहिले आएर पो मलाई थाहा भयो । पुरानो रेकर्ड कुनै पनि दिएन । केही लानु पर्दैन भनेर लुकाई दियो । काउन्टरमा गएर रेकर्ड माग्दा डाक्टरले नदिनु भन्यो । मैले नर्सको हातबाट त्यो जब्बरजस्ती खोसेर ल्याए । कान्तिमा विरामीलाई त्यो रिफ्र लेटरको आधारमा विरामी लिनै मानेन । हाम्रो पिआइसियू नै खाली छैन ।’

डाक्टरले कुरै गरेको छैन भन्यो । हिमालबाट कुनै पनि खालको फोन आएको छैन भन्नु भयो । मैले अनुरोध गरेपछि त्यहाँ डाक्टरहरुले हेरेँ । बच्चाको अवस्था नै नाजुक छ । यो बेला आईसियू भएको अस्पताल खोज्नुस् भन्नु भयो । त्यसपछि मेट्रो हस्पिटलमा सो पीआइसियू भएको थाहा भयो । त्यसपछि एम्बुलेन्समा राखेर नानीलाई उहाँ पु¥याइयो । भेन्टिरलेटरमा राखेर त्यहाँ उपचार गरेको करिव २ घण्टामा नानी डेथ भएको क्लिएर गरिदियो । हामी विज्ञ होइनौं । सामान्य अभिभावक हौं । दैनिक हामीले चेक गर्न जाँदा पनि उसले किन जाँच नगराई दिएको होला । कान्ति अस्पतालमा कुनै पनि खवर नगरी रिफ्र लेटर दिनु ।’

‘रिफर लेटरमा चिकित्सकको हस्ताक्षर समेत नहुनू । डाक्टरले मेडिकल रेकर्ड देखाउँदा मैले के देखाउँथे होला । त्यो सबै लुकाएर पठाउनुको अर्थ के ? आज १३ दिन भयो । अरु पनि बच्चाहरुलाई उसले के ग¥यो होला । अरु बच्चाहरु माथि कति हेलचक्र्याई गरेको होला उसले । यो डाक्टरको योग्यतामाथि छानवीन हुनु पर्छ कि पर्दैन ? मेडिकल काउन्सिलले यस्ता डाक्टरहरुलाई लाईसेन्स दिँदाखेरी छानवीन गर्छ कि गर्दैन ? हामीलाई क्षतिपूर्ति चाहियो । उनको योग्यतामाथि छानवीन हुनुप¥यो भन्ने माग राख्दै हामीले यो पत्रकार सम्मेलन गरेका हौं ।नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, प्रहरी परिसर टेकु र यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको छ ।’

गौतमले सो अस्पतालमा छोरी प्रशंशाको परीक्षण गराएका थिए । तर अस्पतालले आफूहरुको आग्रहमा पाँचौ दिन एक्स रे गरेर हेर्दा फोक्सोको ६० प्रतिशत भागमा पानी जमेको पाइएपछि कान्तिबाल अस्पतालमा रिफ्र गर्न भनेको थियो । चिकित्सक यादवले पिआईसियू नभएको भन्दै कान्तिबाल अस्पतालमा रिफ्र गरेका थिए । तर रिफर गरिएको लेटरमा चिकित्सक यादवले आफ्नो हस्ताक्षर समेत नगरेर लापरबाही गरेको पीडित गौतमको दुखेसो थियो ।

पीडित गौतमले फागुन ८ गते सोमबार आफूहरुमाथि न्यायको माग गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन । त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको पीडित गौतमले बताएका छन ।

गौतम दम्पत्तिको आग्रह छ–‘लापरबाही गर्ने हिमाल अस्पताल र त्यहाँका चिकित्सक यादवको योग्यतामाथि छानवीन गरी कारबाही गरियोस् ।’ प्रशंशाको १३ औं पुण्यतिथि सकिएपछि पीडित गौतमले न्यायको खोजी गर्दै पत्रकार सम्मेलन गरेका हुन । उनले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताए । फागुन १० गते (भोली) पीडित पक्षले हिमाल अस्पतालको व्यवस्थापनसँग सो विषयमा कुरा गर्ने तयारी गरेका छन ।