२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध नेपालको सानदार जित



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली नेपालले लगातार तेस्रो जित निकालेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नेपाललाई जित दिलाउन आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ रनको योगदान दिए ।

आशिफले ९८ बलमा ८ चौका र २ छक्का प्रहार गरे । ७४ बल खेलेका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का प्रहार गर्दा कुशलले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै, रोहित पौडेलले ४३ बलमा ३९ रनको योगदान दिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो । नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । यस्तै, पीकीं या फ्रान्सले ३९ बलमा ४९ रन बनाए ।

लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन जोडे । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । सन्दीप यसै खेलबाट विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गर्न सफल भए । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । यस्तै करण केसीको नामा १ विकेट रह्यो ।

जितसँगै नेपालले २७ खेलमा २४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यस्तै, नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।