२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको होः उपप्रधानमन्त्री पौडेल



अ+ अ-

कैलाली । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज धनगढीमा आयोजित ‘मिसन ग्रासरुट’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको बताउनुभयो ।

उहाँले विचार, सङ्गठन सुदृढीकरण तथा विस्तारमा पार्टी पुनःगठन गर्ने उद्देश्यसहित ‘मिसन ग्रासरुट’ अभियान अघि बढाएको जानकारी दिनुभयो । तत्कालीन पाँचदलीय गठबन्धन सरकार गठन गर्न असफल भएपछि स्वभाविकरूपमा एमालेले पहलकदमी लिएर सत्ता समीकरण निर्माण गरी राष्ट्रिय राजनीतिमा निर्णायक योगदान गरेको उहाँले बताउनुभयो ।

वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको उहाँले उल्लेख गर्नुभयो । पार्टी चौतर्फी घेराबन्दीका बीच चुनौतीको सामना गर्दै अघि बढिरहेको पनि उहाँको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले एमालेबाटै राष्ट्रपतिको उम्मेदवार अघि सारिने बताउनुभयो ।

एमालेका प्रदेश अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, विन्दा पाण्डे, पोलिटब्यूरो सदस्य गणेश ठगुन्ना, राजेन्द्रसिंह रावल, नारदमुनी राना, निरु पाललगायतकोे सहभागिता रहेको थियो । रासस