१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियूलाई एमाले अध्यक्ष ओलीको निर्देशन

स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियूलाई एमाले अध्यक्ष ओलीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्र्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिनु भएको छ ।

अनेरास्ववियूको नवनिर्वाचित केन्द्रिय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सपथग्रहण गराउने क्रममा उहाँले तत्काल स्ववियू निर्वाचनको तयारीमा जुटनुपर्ने अवस्था रहेको बताउनु भएको हो । स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ । सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियूले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले स्ववियू निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्नेगरी अन्य संगठनहरुसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियू सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

ओलीले भन्नु भयो, ‘फेरी चैत्र ५ गते स्ववियू निर्वाचन आउँदैछ । नेविसंघ स्ववियू निर्वाचनमा टिक्न नसकेर जन्मेको संगठन हो । फेरी भिडन आउँदैछ । अव तपाईहरुले त्यसको तयारी गरिहाल्नु हुनेछ । अहिले तपाईहरुले स्ववियूको निर्वाचनमा जाँदा अहिले नै एक महिना बाँकि छँदै तयारी गर्नुस् । शालिन र नम्र व्यवहार गर्नुस् ।’

ओलीले अनेरास्ववियूका नेताहरुलाई अहंकार नलिई काम गर्न पनि आग्रह गर्नु भयो । अहंकार र दम्भले आफैं सकिने भएकाले अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले त्यस्ता खालको गतिविधि गर्न नहुने उहाँले बताउनु भयो । अनेरास्ववियूको हालै सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रिय कमिटी चयन गरेको थियो ।