• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सांसद भण्डारीकी आमाको अन्त्येष्टि



काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्येष्टि गरिएको छ ।

आगलागीबाट मृत्यू भएकी भण्डारीको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण, तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतका नेताहरूले भण्डारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

घरमा खाना पकाउने सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । ८९ वर्षीया आमा हरिकलाको बिहीबार कीर्तिपुरस्थित बर्नर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो ।

सांसद भण्डारीलाई भने थप उपचारका लागि मुम्बई लगिएको छ । उनको नेशनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।