१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

एमालेको ‘मिसन ग्रासरूट’ देशभर एकसाथ सुरु

एमालेको ‘मिसन ग्रासरूट’ देशभर एकसाथ सुरु
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेले ‘मिसन ग्रासरूट’ सुरू गरेको छ । पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अध्यक्ष एवं समग्र अभियानको संयोजक रहेका केपी शर्मा ओलीले आज अभियानको शुभारम्भ गरेका हुन् । एमालेले पार्टीलाई जगैदेखि बलियो बनाउने भन्दै यो अभियान सुरू गरेको जनाएको छ ।

एमालेले यो अभियान अन्तर्गत पार्टीका पोलिटव्यूरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर खटाएको छ ।

यस्तै, उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूको टिमले अभियानको अनुगमन र संयोजन गर्नेछन् । अभियानको शुभारम्भ अभिमुखीकरणबाट गरिने भएकाले अनुगमन र संयोजनको जिम्मेवारीमा रहेका नेताहरू आ–आफ्नो जिम्मेवारी तोकिएका प्रदेशमा पुगेका छन् ।

अभिमुखीकरणका लागि प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेश प्रदेशमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल तोकिएका छन् ।

पार्टीलाई वैचारिक र संगठनात्मकरूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न यो विशेष अभियानको थालनी गरिएको एमालेले जनाएको छ ।

अभियान नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन अर्थात् बैशाख ९ गते समापन गरिने छ ।