• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

अनेरास्ववियुको अध्यक्षमा समिक र महासचिवमा नरेश विजयी



काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन् ।

बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत ल्याए । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाप्त गरे ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उनले ७३३ मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, दीपक धामी, आशीर्वाद सुवेदी, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चयन भएका छन् ।