• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

नेपालको कानूनी व्यवस्था र न्याय प्रणाली कति छिटो छ भन्ने कुरा रविको मुद्दामा देखियो: सांसद भण्डारी



काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसहरुले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भण्डारीले लघुवित्तको चर्को व्याजदरका कारण धेरै मानिसहरुले आत्महत्या गर्ने सम्मको अवस्था आएको भन्दै यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताउनुभएको हो ।

उहाँले लघुवित्तका कारण बढीजसो महिलाहरुले आत्महत्या गर्ने गरेका भन्दै यस बारेमा सरकार मौन बसेको बताउनु भयो । उहाँले लघुवित्तका कारण आत्महत्या गर्न बाध्य मानिसहरुलाई सरकारले सुरक्षित गर्नुपर्ने बताउनु भयो । अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद भण्डारीको भनाई छ ।

उहाँले भन्नुभयो – ‘ग्रामिण इलाकामा बस्ने जनताहरु लघुवित्तको कारणले गर्दा ४० जनाजतिले आत्महत्या गरेका छन् । चर्को व्याज र सेवा सुविधामा चर्को लेनदेनको कारणले गर्दा त्यसमा पनि अत्याधिक महिलाहरु परेको सञ्चारमाध्यमबाट आइरहेको छ । नेपालको कानूनी व्यवस्था, नेपालको न्याय प्रणाली कति छिटो, छरितो छ भन्नेकुरा रवि लामिछानेको मुद्दामा हामीले देख्यौँ । कतिछिटो सर्वोच्चले फैसला गर्दोरहेछ । कति छिटो प्रहरीले अनुसन्धान गर्दोरहेछ ।’

‘तर नेपालमा यतिधेरै मानिसहरुले, महिलाहरुले आत्महत्या गर्नेकुरा राष्ट्रिय समाचार बन्दापनि यसको बारेमा हामी मौन छौँ । यसको बारेमा जानकारी पाउनुप¥यो र सरकारले सुरक्षित गर्नुप¥यो । के हो ? अनुसन्धानको दायराभित्र आउनुप¥यो । योभन्दा ठूलो अपराध मानव इतिहासमा केही पनि हुन सक्दैन । विकास, सहयोग, सेवाको नाममा होस् सबै ठग प्रणालीमा परिणत हुनु भएन ।’