• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

जापानी राजदूतबाट जापानी भाषा वक्तृत्वकलाका विजयीलाई पुरस्कार वितरण



काठमाडौं । नेपालमा जापानी भाषा स्कुल सञ्चालन गर्दै आएको जापानीज ल्याङ्गवेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान) ले शनिवार राजधानीमा आठौं जापानी भाषा वत्तृत्वकला प्रतियोगिता आयोजना गर्यो ।
विश्वव्यापी महामारी कोरोनाको कारण सन् २०२१ र २०२२ मा प्रतियोगिता हुन सकेको थिएन् ।

जापानी भाषा अध्ययन गरिरहेका स्कुलका १५ जना विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा सगरमाथा जापानी ल्याङ्गवेज इन्स्टिच्युटका हृदय शाक्य पहिलो, स्काईलार्क जापानी ल्याङ्गवेज स्कुल नयाँबानेश्वरका निकेश घिसिङ्ग दोस्रो, वाकाबा एजुकेशन कन्सल्टेन्सी प्रालिका रबिन दंगाल तेस्रो भएका थिए भने इन्टरनेशनल आइकन एजुकेशनल कन्सल्टेन्सीका अर्चना श्रेष्ठले सान्त्वना पुरस्कार पाए ।

नेपालका लागि जापानी राजदूत युताका किकुताले विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे । कार्यक्रममा राजदूत किकुताले जाल्सानले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले नेपाली विद्यार्थीमा जापानी भाषाप्रतिको चासो दर्शाएको बताए ।

उनले नेपाल र जापानबीचको सम्वन्ध जनस्तरमा प्रगाढ पार्न पनि यस्ता प्रतियोगिताले सघाउने विचार व्यक्त गरे ।

जाल्सानका अध्यक्ष रमेश देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव अरुण पाण्डे, संस्थापक अध्यक्ष सुनिल बज्राचार्य, केन्द्रीय सदस्य रमेश आचार्य, केन्द्रीय सदस्य एवम् स्काईलार्क जापानी ल्याङ्गवेज स्कुलका प्रिन्सिपल सजिव जङ्ग वन, कोकोरोजासी जापानीज कल्चर एण्ड रिसर्च सेन्टरकी मेरिया खड्गीले बोलेका थिए ।

प्रतियागिताकोे निर्णायकहरुमा जापानी राजदूतावासको सूचना तथा संस्कृति विभागका द्वित्तिय सचिव सातो मायुको, निहोन्जिन खाई नेपालका निर्देशक कुमिको कातो र जाइका एलुम्नाई एशोसियसन (जान) का महासचिव शान्तिलक्ष्मी शाक्य थिए ।