८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

जापानी राजदूतबाट जापानी भाषा वक्तृत्वकलाका विजयीलाई पुरस्कार वितरण

जापानी राजदूतबाट जापानी भाषा वक्तृत्वकलाका विजयीलाई पुरस्कार वितरण
अ+ अ-

काठमाडौं । नेपालमा जापानी भाषा स्कुल सञ्चालन गर्दै आएको जापानीज ल्याङ्गवेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान) ले शनिवार राजधानीमा आठौं जापानी भाषा वत्तृत्वकला प्रतियोगिता आयोजना गर्यो ।
विश्वव्यापी महामारी कोरोनाको कारण सन् २०२१ र २०२२ मा प्रतियोगिता हुन सकेको थिएन् ।

जापानी भाषा अध्ययन गरिरहेका स्कुलका १५ जना विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा सगरमाथा जापानी ल्याङ्गवेज इन्स्टिच्युटका हृदय शाक्य पहिलो, स्काईलार्क जापानी ल्याङ्गवेज स्कुल नयाँबानेश्वरका निकेश घिसिङ्ग दोस्रो, वाकाबा एजुकेशन कन्सल्टेन्सी प्रालिका रबिन दंगाल तेस्रो भएका थिए भने इन्टरनेशनल आइकन एजुकेशनल कन्सल्टेन्सीका अर्चना श्रेष्ठले सान्त्वना पुरस्कार पाए ।

नेपालका लागि जापानी राजदूत युताका किकुताले विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे । कार्यक्रममा राजदूत किकुताले जाल्सानले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले नेपाली विद्यार्थीमा जापानी भाषाप्रतिको चासो दर्शाएको बताए ।

उनले नेपाल र जापानबीचको सम्वन्ध जनस्तरमा प्रगाढ पार्न पनि यस्ता प्रतियोगिताले सघाउने विचार व्यक्त गरे ।

जाल्सानका अध्यक्ष रमेश देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव अरुण पाण्डे, संस्थापक अध्यक्ष सुनिल बज्राचार्य, केन्द्रीय सदस्य रमेश आचार्य, केन्द्रीय सदस्य एवम् स्काईलार्क जापानी ल्याङ्गवेज स्कुलका प्रिन्सिपल सजिव जङ्ग वन, कोकोरोजासी जापानीज कल्चर एण्ड रिसर्च सेन्टरकी मेरिया खड्गीले बोलेका थिए ।

प्रतियागिताकोे निर्णायकहरुमा जापानी राजदूतावासको सूचना तथा संस्कृति विभागका द्वित्तिय सचिव सातो मायुको, निहोन्जिन खाई नेपालका निर्देशक कुमिको कातो र जाइका एलुम्नाई एशोसियसन (जान) का महासचिव शान्तिलक्ष्मी शाक्य थिए ।