४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश प्रदेश विजयी



अ+ अ-

पोखरीया । प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घ विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश विजयी भएको हो ।

प्रतियोगिताको म्यान अफ दी म्याच मधेस प्रदेशकी उजेली चौधरी र म्यान अफ द सिरिज मधेस प्रदेशका नवीन तामाङ घोषित हुनुभएको हो । आजको फाइनल प्रतियोगितामा ७८ रनको लक्ष्य रहेकामा मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले ९ दशमलव ४ ओभर खेल्दै मात्र १ विकेटको नोक्सानीमा पूरा गर्दै उपाधि जितेको हो । त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले १८ दशमलव ३ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाएको थियो ।

उपाधिसँगै मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले नगद रु ३० हजार, मेडल र ट्रफी हात पारेको छ भने उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले भने नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो । दृष्टिविहीन खेलाडीको आत्मबल तथा आत्मविश्वास बढाउनुका साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना प्रतियोगितामा चारवटै प्रदेशका गरी १६ महिलासहित ६० जना दृष्टिविहीन खेलाडीले भाग लिएका थिए ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घ र मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा चार प्रदेशका टिमले भाग लिएका थिए । प्रतियोगितामा सात वटै प्रदेशलाई आमन्त्रण गरिए पनि प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश गरी चार प्रदेशले मात्र भाग लिएको नेपाल नेत्रहीन क्रिकेट सङ्घका कार्यक्रम संयोजक महेश साहले जानकारी दिनुभयो । रासस