८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल केही दिनमा सञ्चालन हुँदै

चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल केही दिनमा सञ्चालन हुँदै
अ अ+ अ-

काठमाडौँ । काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन । आन्तरिक टर्मिनल सञ्चालनका लागि तयारी अवस्थामा रहेकाले सम्बन्धित सरोकारवाला निकायमा पत्राचार गरी एकरदुई दिनभित्रै टर्मिनल सञ्चालन सुरु हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो ।

व्यापार सहजीकरणका लागि निर्माण भएको उक्त सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा एक सय ५० ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोडरअनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ । टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामानको लोडिङरअनलोडिङलगायत सुविधा उपलब्ध हुने भएकाले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटनालगायत जोखिम कम हुने समितिका कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समिति बैठकले पनि चोभारको आन्तरिक टर्मिनल सञ्चालन गर्ने निर्णय गरिसकेको छ, अब चाँडै सञ्चालन हुनेछ ।”

यसैगरी आयातकर्तारनिर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहजरूपमा पार्किङको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयातकर्ता एवं निर्यातकर्तालाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले अुनरोध गरेको छ ।

विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको उक्त चोभार सुक्खा बन्दरगाहको कूल लागत रु एक अर्ब ५४ करोड छ । करिब दुई सय ६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति रहेको छ ।

बन्दरगाहमा लोड–अनलोड भवन तीन, गोदाम घर तीन, प्रशासनिक भवन तीन, एप्राइजल सेड तीन, धर्मकाँटा तीन, कन्टेनर यार्ड, विद्युत् सबस्टेसन, बाउन्ड्री लाइट, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन् । बन्दरगाहको कन्टेनर ¥याडमा पाँच सय कन्टेनर र पाँच सय ट्रक राख्न मिल्ने ६५ हजार वर्गमिटर पार्किङ क्षेत्र रहेको छ ।

बन्दरगाह सञ्चालनमा आएसँगै अब नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा योगदान मिल्ने समितिले जनाएको छ । चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउने प्रक्रिया करिब एक दशकअघि नै सुरु भएको थियो । नेपाल र विश्व बैंकबीच विसं २०७० जेठमा ९जुन २०१३० चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि वित्तीय सम्झौता भएको थियो । त्यसपछि आव २०७०र०७१ को बजेटले चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक जमिनको व्यवस्था गर्न बजेट छुट्याउने घोषणा गरेको थियो । त्यसको करिब पाँच वर्षपछि साउन विसं २०७५ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौँ सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

चोभारमा निर्माण भएको यस बन्दरगाहको शिलान्यास विसं २०७५ माघ ३ गते भएको थियो । स्थानीय अवरोध, कोभिडको प्रभावलगायत कारणले बन्दरगाह निर्माणमा ढिलाइ भएको इन्टरमोडलले जनाएको छ । तेस्रोपटकको म्याद थपपछि गएको असारमा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएको बताइएको छ । बन्दरगाह तथा आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै अब आयातकर्ताले आयात गरेर ल्याएका मालवस्तुको भन्सार जाँचपास काठमाडौँमै गर्न सक्ने बताइएको छ । विमलबहादुर विष्ट/रासस