५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छः सभामुख घिमिरे(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीवार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकका समस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरुलाई समाधान गर्न संसदमा आफ्नो भुमिकालाई बलियो बनाउनुपर्ने बताउनु भयो ।

सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरुको आचार, व्यवहारहरु जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने हिसावबाट अघि बढ्न सुझाव दिनुभयो । उहाँले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ, यसका आफ्नै खालका प्रक्रियाहरु छन्, परम्पराहरु छन्, पद्धतिहरु छन्, यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेछ । विगतलाई फर्किएर हेर्दा, हाम्रा आचार, व्यवहारहरु कतिपय मानेमा जनउत्तरदायि हुन नसकेका छन् भने कतिपय हामीले विचार गरेका हाम्रो वस्तुपरिस्थितिको बारेमा उल्लेखनीय उपलब्धिहरु पनि छन् ।

पहिलो पल्ट सबै नयाँ नै हुन्छ, केही संख्या दोहोरिएर आउने कुरा बेग्लै हो, तर नयाँले पूरा गर्नुपर्ने दायित्व के हो ? कुन तरिकाबाट काम गर्न सक्दछौँ । गर्ने अभ्यासहरु कस्ता छन्, सामान्यतया यी कुराहरु अहिलेसम्मको अभ्यासमा हेर्दा, नयाँ संसद बनिसकेका र धेरै सांसदहरुले विगतमा योगदान गर्नुभएका कुराहरु छन् । यी सबै काम गर्दा कत्तिको जनउत्तरदायी भएर काम गरेका छौँ ? विषयमा आधारित भएर गर्नसकेका छौँ की छैनौँ ? हामीलाई निर्वाचित गर्ने नागकिरले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट काम खोजिरहनुभएको छ । छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भुमिका हामीले खेल्नुपर्छ ।’

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताउनु भयो ।




भर्खरै