५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताको सकस – ओलीसँग संवाद गर्दै कांग्रेस नेताहरु



अ+ अ-

काठमाडौँ । एमसीसीबारे सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला सरकारको नेतृत्व गरेको कांग्रेसका नेताहरुले भने प्रमुख विपक्षाी एमालेसँग सघन छलफल चलाएका छन्।

माओवादी र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने अडान राखेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले बैकल्पिक गठबन्धन निर्माणका लागि समेत कसरत थालेको स्रोत बताउँछ। 

देउवाले पार्टीका केही नेताहरुलाई एमाले अध्यक्षसँग छलफल गर्न लगाएको बताइएको छ।

स्रोतका अनुसार कांग्रेस नेता मिनेन्द्र रिजालले बिहीबार बिहानै बालकोट पुगेर ओलीलाई भेटेका थिए भने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन संवाद गरेका थिए। 

आज ५ बजे सत्ता गठबन्धनको बैठक भएकाले ओलीले भने कांग्रेस नेताहरुलाई ठोस जवाफ दिईसकेका छैनन्।

३ बजेलाई बोलाईएको सत्ता गठबन्धनको बैठक दुई घण्टा सार्ने प्रस्ताव लिएर बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीको पक्षमा नरहे सत्ता गठबन्धन परिवर्तन हुनसक्ने संकेत दिएका थिए। 

दाहालले भने एमसीसी टेबुल भएपछि सत्ता गठबन्धनबाट अलग हुने, विपक्षमा मतदान गर्ने तर सरकारलाई समर्थन जारी राख्ने बताएको स्रोतले बतायो । 

आजै दिउँसो अध्यक्ष दाहालले नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन्।

उनीहरुबीच एमसीसी अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो । 

पाँच दलीय गठबन्धनलाई जोगाएर एमसीसीलगायतका विषयलाई निष्कर्षमा लैजाने प्रचण्डले बताएका छन्। 

केहीबेरमै सत्ता साझेदार पाँच दलीय शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दैछ। सो बैठकलाई एमसीसीबारे ‘निर्णायक’ बैठकको रुपमा पनि हेरिएको छ।