१२ श्रावण २०८३, मंगलवार
,
Latest
भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले लियो भाटभटेनीका सञ्चालकको बयान



अ+ अ-

काठमाडौँ । प्रहरीले प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग सोमबार बयान लिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेका आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेसँगै आचार्यले उल्लेख गरेका व्यक्तिहरुसँग बयान लिन थालेको हो ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका थिए जसमा उनले आफूले पाउनुपर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि प्रहरीले सोधपुछ सुरु गरेको हो ।

आचार्यले भाटभटेनीलगायतलाई उधारोमा सामान दिइरहनुपरेको तर त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्र बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए । उनले लेखेका थिए, “धनी पैसाले नै उक्लेको उक्ल्यै, गरिब थिचिएको थिचियै ।”

आचार्यका अनुसार भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको लगायतका विषयमा पनि उल्लेख गरेकाले सोही विषयमा पनि प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ । स्टाटसमा उल्लेख भएका अन्यसँग पनि प्रहरीले बयान लिने प्रहरीले बताएको छ ।




भर्खरै