• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

पार्टीका कार्यवहाक अध्यक्ष डोर प्रसाद अर्यालको अध्यक्षतामा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक परिस्थितीमा बारेमा छलफल भै रहेको जनाईएको छ । बैठकमा निवर्तमान अध्यक्ष रवि लामिछाने पनि सहभागी हुनु भएको छ ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेपछि आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिएर उहाँ बैठकमा सहभागी हुनु भएको हो । लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति पुनःस्थापित गराउने तयारी समेत गरेको छ ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उहाँले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।

अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिनुभएको थिएन । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।