• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

क्यान अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजीनामा माग



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरिएको छ ।

नेपाल टी–२० लिग आयोजनाको जिम्मेबारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएर गल्ती गरेको भन्दै उनीहरुको राजीनामा मागिएको हो ।

कार्यसम्पादन समितिमा अध्यक्ष चन्द, सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागरिएको हो । राजीनामा माग गर्ने केन्द्रीय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुनुहुन्छ ।

उहाँहरुले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी फिक्सिङमा आयोजक कम्पनी सेभेन थ्री स्पोर्ट्सकै संलग्नता भएको पाइएको र यसको मुख्य जिम्मेबार क्यान नेतृत्व भएको आरोप लगाउनुभएको छ ।

उहाँहरुका अनुसार स्पट फिक्सिङ हुँदा संस्था बिरलै संलग्न हुने गरे पनि नेपालमा भने साझेदार कम्पनी नै संलग्न भएको छ । क्यानले त्यस्तो कम्पनीसँग सम्झौता गरेर गल्ती गरेको राजीनामा माग गर्नेहरुको भनाइ छ । यस्तो अवस्थामा क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नमिल्ने उहाँहरुले बताउनुभयो ।

क्यान अध्यक्ष चन्दले पनि पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकार गर्नुभएको थियो । यद्यपि आफूहरुले बारम्बार सचेत गराउँदखा पनि अध्यक्ष र कार्यसम्पादन समितिले जानाजान गलत निर्णय गरेको राजीनामा माग गर्ने ७ जना केन्द्रीय सदस्यले आरोप लगाउनुभएको छ ।