२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव छैनः सांसद पौडेल(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गर्नुभएको छ ।

आईतवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो ।

सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोग सम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइ दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अब पनि औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमता विकास गर्ने स्थिति कसरी विकास गर्न सकिन्छ । लगानीको पक्षबाट, व्यवस्थापनको पक्षबाट, इमान्दारिताको पक्षबाट हामीले त्यसलाई हेर्न जरुरी छ । गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्नुपर्छ । प्रतिष्ठानको रुपमा विकास गर्नुपर्छ । मुटु रोगको उपचार गर्ने जनशक्ति हामीले उत्पादन गर्न आवश्यक छ । त्यसका लागि अनुसन्धान गर्न आवश्यक छ । गंगाललार अस्पताललाई प्रतिष्ठान बनाउने कुार आवश्यक छ, यो देशको आवश्यक्ता हो ।’

‘यो कार्यक्रम चाँडो अघि बढाइयोस्, जनताको व्यवस्थापन हामी यहीँ गर्नसक्छौँ । त्यसका लागि प्रशस्त सार्वजनिक जग्गाहरु छन् । ती ठाउँहरु हामीले प्रयोग गर्नसक्छौँ । अनुसन्धान केन्द्रका रुपमा मुटुरोग उपचारको विशिष्ट अस्पतालको रुपमा दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन जरुरी छ । अब औपचारिकतामा नै सिमित रहेर परिवर्तन गर्न सकिँदैन । आक्रामक ढंगबाट परिवर्तन गर्नुपर्ने स्थिति छ । नागरिकता दिनु मात्रै राज्यको दायित्व होइन, हरेक नागरिकलाई पीडामा, दुःखमा, समस्यामा साथ दिनुपर्छ ।’

सांसद पौडेलले सरकारी कार्यलयहरुमा काम गर्नेहरुको सुविधाका बारेमा राज्यले पुनःविचार गर्नुपर्ने बताउनुभयो ।