८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव छैनः सांसद पौडेल(भिडियोसहित)

औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव छैनः सांसद पौडेल(भिडियोसहित)
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गर्नुभएको छ ।

आईतवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो ।

सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोग सम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइ दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अब पनि औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमता विकास गर्ने स्थिति कसरी विकास गर्न सकिन्छ । लगानीको पक्षबाट, व्यवस्थापनको पक्षबाट, इमान्दारिताको पक्षबाट हामीले त्यसलाई हेर्न जरुरी छ । गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्नुपर्छ । प्रतिष्ठानको रुपमा विकास गर्नुपर्छ । मुटु रोगको उपचार गर्ने जनशक्ति हामीले उत्पादन गर्न आवश्यक छ । त्यसका लागि अनुसन्धान गर्न आवश्यक छ । गंगाललार अस्पताललाई प्रतिष्ठान बनाउने कुार आवश्यक छ, यो देशको आवश्यक्ता हो ।’

‘यो कार्यक्रम चाँडो अघि बढाइयोस्, जनताको व्यवस्थापन हामी यहीँ गर्नसक्छौँ । त्यसका लागि प्रशस्त सार्वजनिक जग्गाहरु छन् । ती ठाउँहरु हामीले प्रयोग गर्नसक्छौँ । अनुसन्धान केन्द्रका रुपमा मुटुरोग उपचारको विशिष्ट अस्पतालको रुपमा दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन जरुरी छ । अब औपचारिकतामा नै सिमित रहेर परिवर्तन गर्न सकिँदैन । आक्रामक ढंगबाट परिवर्तन गर्नुपर्ने स्थिति छ । नागरिकता दिनु मात्रै राज्यको दायित्व होइन, हरेक नागरिकलाई पीडामा, दुःखमा, समस्यामा साथ दिनुपर्छ ।’

सांसद पौडेलले सरकारी कार्यलयहरुमा काम गर्नेहरुको सुविधाका बारेमा राज्यले पुनःविचार गर्नुपर्ने बताउनुभयो ।