१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश



अ+ अ-

काठमाडौँ । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नु भएको छ । शनिबार बुटवलमा एक कार्यक्रमका बीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उहाँलाई पार्टी प्रवेश गराउनु भएको हो ।

उहाँले उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनु भयो । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘यो पार्टीको उद्देश्य एकदमै राम्रो छ । उहाँहरुले गरिरहेको गतिविधिबाट म अत्यन्तै प्रभावित भएँ । मेरो पनि उद्देश्य बच्चादेखि लिएर वृद्धसम्मलाई लिएर उनीहरुको शिक्षा, स्वास्थ्यलाई लिएर म ध्यानाकर्षणमा राखिराखेको हुन्थे । मेरो मिसनलाई पूरा गर्न पनि अव सहज हुने भयो यो पार्टीमा आएपछि ।’

कलाकार गौतमले नागरिक उन्मुक्ति पार्टीले बच्चा, युवादेखि वृद्धसम्मको हितमा काम गरिरहेको भन्दै प्रशंशा समेत गर्नु भयो ।