२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश



अ+ अ-

काठमाडौँ । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नु भएको छ । शनिबार बुटवलमा एक कार्यक्रमका बीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उहाँलाई पार्टी प्रवेश गराउनु भएको हो ।

उहाँले उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनु भयो । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘यो पार्टीको उद्देश्य एकदमै राम्रो छ । उहाँहरुले गरिरहेको गतिविधिबाट म अत्यन्तै प्रभावित भएँ । मेरो पनि उद्देश्य बच्चादेखि लिएर वृद्धसम्मलाई लिएर उनीहरुको शिक्षा, स्वास्थ्यलाई लिएर म ध्यानाकर्षणमा राखिराखेको हुन्थे । मेरो मिसनलाई पूरा गर्न पनि अव सहज हुने भयो यो पार्टीमा आएपछि ।’

कलाकार गौतमले नागरिक उन्मुक्ति पार्टीले बच्चा, युवादेखि वृद्धसम्मको हितमा काम गरिरहेको भन्दै प्रशंशा समेत गर्नु भयो ।