८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भईरहेको छः महासचिव पोखरेल

मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भईरहेको छः महासचिव पोखरेल
फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भईरहेको टिप्पणी गर्नु भएको छ ।

सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पद खारेज भएलगत्तै उहाँको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै उहाँले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेको समेत बताउनु भयो ।

महासचिव पोखरेलले नेपाली राजनीतिमा देखा परेका पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भिर रहेको उल्लेख गर्र्दै त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढने दावी गर्नु भयो । उहाँले भन्नु भयो, ‘राजनीतिक अस्थिरतको दुश्चक्र कायम गर्ने जुन कोशिस गरिएको छ । त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढन तयार छ भन्ने कुरा पनि म तपाईहरुका बीचमा राख्न चाहन्छु ।

अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु भईरहेका छन । नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भिर छ । र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु ।’

महासचिव पोखरेलले एमालेले शहीदहरुको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि बताउनु भयो ।