२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको ७४ औँ गणतन्त्र दिवस: भारत–नेपाल विकास साझेदारीअन्तर्गत ७५ परियोजना उद्घाटन



अ+ अ-

काठमाडौँ । भारतले आज ७४ औँ गणतन्त्र दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालको पूर्वी, पश्चिम र दक्षिण क्षेत्रमा फैलिएको भारत र नेपालबीचको सम्बन्ध भारत–नेपाल शान्ति तथा मैत्री सन्धिदेखि सुरु भएको मानिन्छ ।

नेपालको तीन दिशामा फैलिएको भारत सरकारले नेपालको आर्थिक विकासको यात्रामा समेत हातेमालो गर्दै आएको छ । भारतले नेपालको विकासका लागि वर्षेनी दर्जनौँ परियोजनामा सहयोग गर्दै आएको छ ।

भारतले सन् २०२२ को अप्रिलदेखि सन् २०२३ को जनवरीसम्म भारत–नेपाल विकास साझेदारीअन्तर्गत ७५ परियोजना उद्घाटन गरिसकेको छ । उद्घाटन भएका परियोजनामा १७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना, ४८ वटा भूकम्पपछिको पुननिर्माण परियोजना (७ जिल्लाका ३० विद्यालय र ४ जिल्लाका १४ वटा स्वास्थ्य पूर्वाधार) रहेका छन् ।

भारतले विस २०७२ मा गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका शिक्षा तथा स्वास्थ्य परियोजनालाई १० करोड अमेरिकी डलरका दरले सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

भारतले नेपालको विकासका लागि जयनगर–कुर्ता रेलमार्ग उद्घाटन, १३२ केभीको सोलु कोरिडोर प्रसारण लाइन उद्घाटन, ७५ एम्बुलेन्स र १७ स्कुल बस सहयोग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई सहयोग, विपद् तथा राहत सामाग्री सहयोग, निर्वाचन सम्पन्नका लागि २०० सवारी साधन सहयोग, भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेवल पुलको शिलान्यास कार्य सम्पन्न गरेको छ ।

यसबाहेक भारतले दुई देशबीचको रक्षा सहकार्य, व्यापार साझेदारी र शैक्षिक आदानप्रदानमा समेत सहयोग एवम् सहकार्य गरेको नेपालस्थित भारतीय राजदूतावास लैनचौरले जनाएको छ ।

भारतले शैक्षिक आदानप्रदान कार्यक्रम मार्फत महात्मा गान्धी छात्रावृत्ति योजनाअन्तर्गत ५००, स्वर्णजयन्ती छात्रावृत्ति योजना २००, भारतमा अध्ययन गर्न जाने ७०० विद्यार्थीलाई छात्रावृत्ति, भारतको आर्मी पब्लीक स्कुल अध्ययनका लागि ३३ जनालाई छात्रावृत्ति प्रदान गरेको दुतावासले जनाएको छ ।

यस्तै, कोभिडको समयमा भारतले कोरोना टेस्ट किट, माक्स, सेनिटाइजर, फेस शिल्डलगायतका स्वास्थ्य सामाग्रीसमेत हस्तान्तरण गरेको छ ।