४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

भारतको ७४ औँ गणतन्त्र दिवस: भारत–नेपाल विकास साझेदारीअन्तर्गत ७५ परियोजना उद्घाटन

भारतको ७४ औँ गणतन्त्र दिवस: भारत–नेपाल विकास साझेदारीअन्तर्गत ७५ परियोजना उद्घाटन
अ+ अ-

काठमाडौँ । भारतले आज ७४ औँ गणतन्त्र दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालको पूर्वी, पश्चिम र दक्षिण क्षेत्रमा फैलिएको भारत र नेपालबीचको सम्बन्ध भारत–नेपाल शान्ति तथा मैत्री सन्धिदेखि सुरु भएको मानिन्छ ।

नेपालको तीन दिशामा फैलिएको भारत सरकारले नेपालको आर्थिक विकासको यात्रामा समेत हातेमालो गर्दै आएको छ । भारतले नेपालको विकासका लागि वर्षेनी दर्जनौँ परियोजनामा सहयोग गर्दै आएको छ ।

भारतले सन् २०२२ को अप्रिलदेखि सन् २०२३ को जनवरीसम्म भारत–नेपाल विकास साझेदारीअन्तर्गत ७५ परियोजना उद्घाटन गरिसकेको छ । उद्घाटन भएका परियोजनामा १७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना, ४८ वटा भूकम्पपछिको पुननिर्माण परियोजना (७ जिल्लाका ३० विद्यालय र ४ जिल्लाका १४ वटा स्वास्थ्य पूर्वाधार) रहेका छन् ।

भारतले विस २०७२ मा गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका शिक्षा तथा स्वास्थ्य परियोजनालाई १० करोड अमेरिकी डलरका दरले सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

भारतले नेपालको विकासका लागि जयनगर–कुर्ता रेलमार्ग उद्घाटन, १३२ केभीको सोलु कोरिडोर प्रसारण लाइन उद्घाटन, ७५ एम्बुलेन्स र १७ स्कुल बस सहयोग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई सहयोग, विपद् तथा राहत सामाग्री सहयोग, निर्वाचन सम्पन्नका लागि २०० सवारी साधन सहयोग, भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेवल पुलको शिलान्यास कार्य सम्पन्न गरेको छ ।

यसबाहेक भारतले दुई देशबीचको रक्षा सहकार्य, व्यापार साझेदारी र शैक्षिक आदानप्रदानमा समेत सहयोग एवम् सहकार्य गरेको नेपालस्थित भारतीय राजदूतावास लैनचौरले जनाएको छ ।

भारतले शैक्षिक आदानप्रदान कार्यक्रम मार्फत महात्मा गान्धी छात्रावृत्ति योजनाअन्तर्गत ५००, स्वर्णजयन्ती छात्रावृत्ति योजना २००, भारतमा अध्ययन गर्न जाने ७०० विद्यार्थीलाई छात्रावृत्ति, भारतको आर्मी पब्लीक स्कुल अध्ययनका लागि ३३ जनालाई छात्रावृत्ति प्रदान गरेको दुतावासले जनाएको छ ।

यस्तै, कोभिडको समयमा भारतले कोरोना टेस्ट किट, माक्स, सेनिटाइजर, फेस शिल्डलगायतका स्वास्थ्य सामाग्रीसमेत हस्तान्तरण गरेको छ ।