१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउन प्रेरित गर्ने: राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउन प्रेरित गर्ने बताउनु भएको छ ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

सन्देशमा भनिएको छ ‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो।’

राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘यस पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्‍वास लिएको छु।’

उहँले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्याकी देवी सरस्वतीको हामी सबैमा कृपा रहिरहोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको उल्लेख गर्नुभएको छ ।