२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमको परिवार भेट्न अस्पताल पुगे गृहमन्त्री लामिछाने



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका छन् ।

मंगलबार दिउँसो  संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो ।

उनको निधन भएपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि उत्साह र आशा जगाउन नसक्नुमा आफ्नो दोष भएको स्विकार गरेका थिए ।

गृहमन्त्री लामिछानेले भनेका छन्–, ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ । हामीलाई माफ गर्नु होला ।’