१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सात वर्षमा पनि भएन कालोपत्र

सात वर्षमा पनि भएन कालोपत्र
अ अ+ अ-

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र हुन सकेको छैन ।

दुई वर्षमा कालोपत्र गर्नेगरी सम्झौता भएकामा सात वर्षमा पाँच पटकसम्म म्याद थप्दासमेत राजमार्गले सार्थकता नपाएको हो । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ठेक्का सम्झौता भएको म्याद सकिएपछि पाँच पटकसम्म म्याद थप्दासमेत कालोपत्र सम्पन्न नभएपछि यात्रुलाई सास्ती छ ।

उक्त सदरमुकाम खण्डको सडक कालोपत्र हुन नसक्दा अहिले निर्माण व्यवसायी र राजमार्ग आयोजना कार्यालयप्रति स्थानीयको चर्को आलोचनासमेत भएको छ । सडकको ट्र्याक खुलेको २५ पुग्दासमेत यो खण्डमा सडक कालोपत्र हुन नसकेको हो । नेपालकै सबैभन्दा लामो खण्ड बागलुङमा रहेको उक्त सडकको खहरेखोलादेखि बिहूँ सापकोटा चोकसम्मको सडक १७ किलोमिटर सडक पकट–पटक म्याद थप्दा पनि कालोपत्र हुन नसकेको छ ।

दुई वर्षमा कालोपत्र गर्ने काम निर्माण व्यवसायीले सात वर्षमा समेत पाँच पटक म्याद थप्दा पनि सम्पन्न नभएको हो । कालोपत्रका लागि जिल्लामा रहेको एक सय ४२ किलोमिटरमध्ये घोडाँबाधेदेखि बागलुङ जिल्ला ददरमुकाम बागलुङ बजारसम्म रहेको २५ किमी सडकमध्ये गत वर्ष मात्रै सदरमुकामतर्फको चार र बिहूँतर्फको चार गरी आठ किमी मात्रै सडक कालोपत्र गरेर छोडेपछि ठेकेदार कम्पनी सम्पर्कमा आएको थिएन ।

अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थपेको ठेक्का आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा ठेक्का रद्द गर्ने चेतावनीपछि बल्ल काममा देखिन थालेको छ । असारसम्म दुवै उक्त खण्डका दुई निर्माण व्यवसायीलाई अन्तिम पटकका लागि म्याद थपिए पनि कामले तीव्र गति पाउन नसकेपछि ठेक्का रद्द गर्ने चेतावनीपछि काममा फर्किएको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी पहाडी पुष्पलाल राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार असारसम्म ठेकेदार कम्पनीलाई म्याद थप्दासमेत कामले तीव्रता नपाएपछि ठेक्का तोेड्ने चेतावनी दिइएको हो । “निर्माण व्यवसायीले तत्कालै काम थाल्ने तर काम नथाले ठेक्का रद्द गर्ने गरी निर्माण व्यवसायी र आयोजनाबीच लिखित सहमति भएको थियो, अहिले उपल्लो बिहूँ र तल्लो खहरेखोला आसपासमा केही काम थालेको छ”, उहाँले भन्नुभयो, “सात वर्षमा पाँच पटक म्याद थप्दासमेत काम नगरे असारपछि ठेक्का रद्द हुन्छ, आश गरौँ निर्माण व्यवसायीले असारसम्म सडक कालोपत्र गरेर सक्नेछ ।”

सात वर्षमा पाँच पटक म्याद थप्दासमेत सडक कालोपत्र हुन नसक्दा स्थानीयहरुले अहिले धुलोको सास्ती खेप्दै आएका छन् । सडकमा यातायातका साधन गुड्न थालेको २६ वर्ष बित्दासमेत सडक सम्पन्न नहुनु दुःखद रहेको स्थानीय जङ्गबहादुर कार्कीले गुनासो गर्नुभयो । “घरअगाडि बाट सवारी गुड्न थालेकै २६ वर्ष भयो, अहिले त कालोपत्र होला भन्दाभन्दै सात वर्ष बित्यो, अहिले बजारबाट घर नजिकैसम्म कालोपत्र आएको छ, घरै अघिबाट सडक अलपत्र छ”, कार्कीले भन्नुभयो, “बरु गाउँ–गाउँका सडक कालोपत्र भए, साना सडकहरु चिल्ला छन् तर राष्ट्रिय राजमार्गकै यो बिजोक छ, कतिन्जेलसम्म धुलो खाने हो ।” स्थानीय कार्कीले हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे यो सडकको नियति नै बनेको छ ।

मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहूँ खण्ड र बिहूँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहूँ खण्ड २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहूँ घोडाबाँधे खण्ड २०७२ साल माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए ।

अहिले बिहूँ खण्डमा सडक सम्याउने र नाली निर्माण गर्ने काम भइरहेको छ भने खहरेतर्फ बेस बिच्छ्याउने कार्य भइरहेको छ । कूल एक हजार सात सय ७६ किलोमिटर राजमार्गमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जसमध्ये १७ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ । अहिले लोकमार्गको घोडाबाँधेदेखि गलकोटसम्मको कालोपत्र सडक मर्मत कार्य भइरहेको छ । बाढी तथा पहिराले क्षति पु¥याएको घोडाँबाधेदेखि गलकोटसम्मको सडक रु ५० करोड लागतमा ठेक्कामा गएर मर्मतको काम थालिएको हो । रासस