१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेको चौँरीदेउरालीमा २२ फिट अग्लो बुद्धको मूर्ति स्थापना



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ । मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ ।

मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ उत्थान समाजको अग्रसरतामा सरकार तथा दाताको सहयोगमा रु ७० लाखमा निर्माण गरिएको हो । ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका अवसरमा उक्त मूर्तिको सांसद गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नुभएको छ । उहाँले रमणीय स्थल आरुबोटमा शान्तिका अग्रदूत बुद्धको मूर्ति स्थापनाले थप पर्यटकीय आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गर्नुभएको हो । २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो । समाजका अध्यक्ष राजकुमार मोक्तानले सरकारबाट रु ५० लाख र जनश्रमदान तथा दाताबाट रु २० लाख सहयोगबाट मूर्ति निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रममा पूर्वसांसद नविना लामा, एमालेका जिल्ला सचिव राजन भुर्तेल, स्थानीय समाजसेवी सन्तविर लामा, नारायण गौतमलगायतले धार्मिक पर्यटकीय दृष्टिले थप गन्तव्य बनाइएकोमा खुसी व्यक्त गर्नुभएको थियो । सो अवसरमा लामागुरु दोर्जेले बौद्ध धर्मसम्बन्धी विशेष प्रवचन दिनुभएको थियो ।रासस