११ माघ २०८१, शुक्रबार
,
Latest
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरू अत्याधिक चिसो र शितलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष… कुवामा डुबेर वृद्धाको मृत्यु “अध्यादेशले आर्थिक अधिकारको बाटो खोलेको छ संस्थागत गर्न सबै एकजुट हौँ”– अध्यक्ष केसी ३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँगेलडाँडा विमानस्थल प्रयोगहीन



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन ।

राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो । लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ । करिब आधा दशकपछि २०७७ मङ्सिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत उडान परीक्षणमै सीमित हुँदा अहिले निराश बनेका छन् ।

प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । टावर तथा घेराबारसमेत जीर्ण बन्दै गएको सो विमानस्थल सञ्चालनमा आउने स्थानीयले आशा मारिसकेका छन् ।

विमानस्थल सञ्चालनमा ल्याउन सक्दो कोसिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाले जनाएको छ । विसं २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा सुरु भएको थियो । विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो । रासस