११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

सीप बेच्ने बजार अभाव

सीप बेच्ने बजार अभाव
अ अ+ अ-

कमलामाई । सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर ९दनुवार० सँग मान्द्रो बनाउने सीप छ । बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन । सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले घरखर्चका लागि ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेरै भए पनि व्यवहार धान्नु परेको उहाँले बताउनुभयो ।

मान्द्रोको ठाउँका पछिल्लो समय प्लास्टिकका सामग्रीले प्रभाव जमाएको छ । सस्तो र सहज रुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ । जङ्गलमा पहिलाको जसरी बाँस पाइँदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको उहाँले सुनाउनुभयो । सगरवत्तीले भन्नुभयो, ‘‘पटिया बिक्री हेतो त फेरि बुन थाल्बो ९मान्द्रो बिक्री हुन्छ भने फेरि बुन्न सुरु गर्नेछु० ।’’ केही वर्षअघि सम्म चुरे क्षेत्र प्रवेश गर्ने बित्तिकै बाँस पाइन्थ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी लिएर आइन्थ्यो । मान्द्रो किन्न ग्राहक घरै आउँथे । बिक्री नहुने समस्या थिएन । त्यतिबेला दिनकै पाँच सय कमाई हुने उहाँ बताउनुहुन्छ, “त्यो पैसाले घरायसी सबै खर्च टर्थो ।’’

“एनिस, ओनिस करब ऋणै हप्छो, उही जुमा त मान्द्रो बेचिक खर्च टर्तो, ऋण नइरहोक”, केही शब्द नेपाली र धेरै शब्द दनुवारी भाषामा बेलिविस्तार लगाउँदै उहाँले भन्नुभयो, “आजकाल ऋणै करपर्तो, ऋण बढ्ल खाली ।” अर्थात् यताउता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको उहाँको दुखेसो छ । “त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन । अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यैँ”, उहाँले भन्नुभयो ।

सगरवत्तीको पाँचजनाको परिवार छ । श्रीमान् दुई लाख ऋण गरेर साउदी जानुभएको छ । दुई वर्ष बितिसक्दा पनि विदेश जाँदाको ऋण तिर्न सक्नुभएको छैन । तीन सन्तानको पालनपोषणलगायत घरायसी खर्च टार्न उहाँलाई यतिबेला धौधौ छ । जङ्गलमा खेर गइरहेका बाँसको चोयाबाट घर व्यवहार धान्दै आइरहनुभएकी उहाँको हातमा अरू काम गर्ने सीप छैन । पढाइलेखाइ पनि छैन । अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ ।

सगरवत्तीले मात्रै होइन, दनुवार समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो । “गाउँका मानुक सभेले बुन्तो नी, आभे छोड्लासे”, ९पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे० सोम्नी दनुवारले भन्नुभयो । उहाँले पनि तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउनु हुन्थ्यो । उहाँले भन्नुभयो, “श्रीमान्ले जङ्गलबाट बाँस ल्याइदिनु हुन्थ्यो । चोया आफँै काट्थे । मान्द्रो बनाउँथे । ग्राहक घरैमा आउँथे”, १० वर्षअघिको समयलाई सोम्नीले यसरी सम्झिनुभयो ।

दिनमा पाँचवटासम्म मान्द्रो बुन्ने गरेको बताउने उहाँले शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गरेको सुनाउनुभयो । “पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे । भिमान बजार समूहमा जान्थ्याँै । मान्द्रो बेच्यौँ, चाहिएको सामान किनेर ल्याउँथियौँ”, उहाँले भन्नुभयो, “त्यतिबेला जति वटा लगे पनि घर फर्काएर ल्याउन पर्दैनथ्यो । अहिले बिक्री नै हुँदैन, धेरैले मान्द्रो बुन्न छोड्दै गएका छन्, मैले पनि छाडेँ ।”

मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको उहाँले बताउनुभयो । उहाँसँग आकर्षक मान्द्रो बनाउने, थरीथरीका डालो बनाउने सीप छ । गर्दै आएको पेसा सङ्कटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थाल्नुभएको सोम्नी उपयुक्त कामको खोजीमा हुनुहुन्छ । “जाँड, रक्सी उधारो माग्छन्, दियो पैसा उठाउन सकिँदैन । व्यवसाय घाटामा गएको छ । केही इलम पाउन पाए गर्थें”, उहाँले भन्नुभयो ।

दनुवार समुदायको परम्परागत तथा पुख्र्यौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण धेरैको रोजीरोटी नै गुम्ने अवस्था आएको छ । स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो । दुई–चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनु पर्ने बाध्यता थिएन । पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसारसमेत नपाउँदा लोप हुँदै गएको छ ।

बाँसको चोयाबाट आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप हुनुभएकी मुन्डी कुमर ९दनुवार० ले नजिकै गाउँ बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउनसमेत प्लास्टिकको किनेर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको १५ देखि २० हजारसम्म कमाउँथे । अहिले बाँस पाउनै मुस्किल छ, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नु रु”

ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा छन् । बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापनसमेत नहुँदा दनुवार समुदायका महिलाले पुर्खौंदेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुगेको दनुवार जागरण समिति सिन्धुलीका सदस्य सुकुमलाल कुमर ९दनुवार० ले बताउनुभयो । “दनुवार समुदायको पुख्र्यौली पेसा लोप हुँदै गएको छ । नयाँ पिँढीमा सीप हस्तान्तरण हुन सकेको छैन । सीप पुस्तान्तरण हुन नसक्दा पनि पेसा लोप हुन थालेको हो”, उहाँले भन्नुभयोे ।

पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लाहरुमा निर्यात हुने गरेको उहाँलाई जानकारी छ । अहिले स्थानीय बजारमा समेत प्लास्टिकका बिछ्याउने सामग्रीले प्रभाव बढेको उहाँले बताउनुभयो । बजारमा प्लास्टिकका सामग्रीको उत्पादन सस्तो र सहज रुपमा पाउन थालेपछि ग्रामीण क्षेत्रमा निर्माण गरिएका यस्ता सामग्रीले बजार पाउन सकेका छैनन् । स्थानीय सरकारले दनुवार समुदायको परम्परागत पेसाको संरक्षण, प्रवद्र्धन र विकासका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ ।

प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग र बाँसका सामग्री बनाउने पेसा अँगाल्ने युवा पुस्ताको कमीका कारणले पनि यो व्यवसाय सङ्कटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारूको धारणा छ । यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारीे जस्ता सामग्रीको उत्पादनसमेत अत्यन्तै न्यून हुने गरेका उहाँले बताउनुभयो । रासस